ताजा समाचार

Loading…


सावधान ! स्यानिटाईजरमा यी विषाक्त रसायन भेटियो, प्रयोग नगर्न सरकारको आग्रह

नेप्लिज संवाददाता३१ भाद्र २०७७, बुधबार १३:११ (5 दिन अघि)  ९३ जनाले पढ़िसके

काठमाडौं । थप चार कम्पनीको स्यानिटाईजरमा मानव स्वास्थ्यकालागि हानीकारक मिथानोल मिश्रति फेला परेको छ । चीन र भारतबाट आयात भएका दुई कम्पनी र ललतिपुर तथा काठमाडौंका दुई कम्पनीका स्यानिटाइजर गुणस्तरहीन पाइएको हो ।

यसअघि पनि पाँच वटा कम्पनीको स्यानिटाइजरमा पनि यस्तै रसायन भेटिएको औषधि व्यवस्था विभागले जनाएको छ । नेपालमा आयात भएका चीनमा बनेको ओपकल नन वासिङ इन्टिब्याक्टेरियाल सोलुसन १२० एमएल र पामाकेयर स्ट्याण्ड हृयाण्ड स्यानीटाइजर ६० एमएलमा विषाक्त गुणस्तर पाइएको हो ।

यस्तै काठमाडौंका कारखाना रहेको यूनिकेयर इन्स्ट्याण्ड हृयाण्ड स्यानिटाईजर ६५ एमएल तथा ललितपुरमा बनेको सासा इन्स्ट्याण्ड हृयाण्ड स्यानिटाईजर ५० एमएलमा कम गुणस्तर पाइएको विभागले जनाएको छ । यूनिकेयर र सासामा मेथानोलको मात्रा क्रमशः ५५ प्रतिशत तथा ३९.३४ प्रतिशत पाइएको थियो ।

यस्तै चीनबाट आएको ओपकलमा इथानोलको मात्रा ६८ प्रतिशत पाइएको थियो भने भारतको गुजरातमा बनेको पामाकेयारमा ६६ प्रतिशत इथानोलल भएको भेटिएको थियो ।

गुणस्तरहीन स्यानिटाइजर प्रयोग नर्गन विभागले सर्वसाधरणलाई पनि आग्रह गरेको छ । कम गुणस्तर तथा हानीकारक विषाक्तयुक्त स्यानिटाईजरको बिक्री वितरण रोक्न र बजारमा भएको स्यानिटाईजर तुरुन्त फिर्ता लैजान विभागले उत्पादकलाई आग्रह गरिसकेको छ ।

Loading…


प्रतिक्रिया दिनुहोस