ताजा समाचार

Loading…


२०६१ सालको र्कफ्युमा बनेको नगेनको चित्र ‘भदौ १६’

नेप्लिज संवाददाता३१ भाद्र २०७७, बुधबार १२:५६ (5 दिन अघि)  ६३ जनाले पढ़िसके

पोखरा । विश्वभर कोराना संक्रमितको त्रासदी रहेको र नेपालमा देशव्यापी लकडाउन भईरहेको अबस्था कलाकार नगेन सिहंको आखाँ भित्तामा झुण्डिरहेको भित्तेपात्रोमा प¥यो ।

अनि एकाएक २०६१ सालको ४ दिने र्कफ्युमा आफूले श्रृजना गरेको कलाकृति “भदौ १६” इराकमा १२ नेपालीको विभत्स हत्याको स्मरण आयो ।
जेष्ठ ३० गतेबाट शुरु गरेका “३६५ दिन एक बर्षे च्यालेन्ज” अर्थात एक दिन एक कलाकृति सोसल मिडियामा पोष्ट गर्नेमा ८३ औ कृतिको रुपमा “भदौ १६” पोष्ट गरे ।

आर्टग्यालरीको हलमा सजाएको एक चित्रले अर्को चित्र देखेर त्रासदी भै चित्कार गरिरहेको दृश्य यो चित्रकलामा देख्न सकिन्छ । तेल र एक्रेलिक रंगको माध्यमले तिन वाई पाचँ फिटको क्यानभास बनाएको कलाकार सिहं बताउछन् ।

२०६१ भदौ १५ मा वैदेशिक रोजगारीको क्रममा इराक पुगेका १२ नेपालीलाई सुन्नी अतिवादी संगठन इस्लाम अल सुन्ना समूहले विभत्स हत्या गरेको भिडियो सार्वजनिक भएपछि भदौं १६ गते एकाएक राजधानी काठमाडौंमा दंगा बढेको थियो ।

उग्र भीड र समूह आगजनीमा उत्रिएपछि परिस्थितिलाई नियन्त्रणमा लिन तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले जारी चार दिने र्कफ्युमा १२ नेपालीहरुको हत्या गरीएको घटनालाई समेटेर यो “भदौ १६” कृति तयार भएको हो ।

“३६५ दिन एक बर्षे चालेन्ज”को बारेमा कलाकार प्राज्ञ नगेन सिहंले भने “विश्व कोरानाको त्रासदीेले लक भैरहेको अबस्थामा कला क्षेत्र पनि अछुतो रहन सकेन अनि आफूले श्रृजना गरेको सम्पूर्ण कलाकृतिहरु कलापारखी सामु पु¥याउनको निम्ती आफ्नो अभिलेख आफै राख्रौ र सम्प्रेषण गरौ मृत्यु बाजाबजाएरै आई रहेको यो अबस्थामा हामी कलाकारले कम्तीमा एक कलाको अभिलेख राखि सम्प्रेषण गरौ भन्य अभियान हो यो ।”

जसको ज्यालन्त उदाहरणको रुपमा यो अप्रदर्शित चित्र “भदौ १६” ८३ औ कृतिको रुपमा आज अनलाइन प्रदर्शनी भयो ।

Loading…


प्रतिक्रिया दिनुहोस