ताजा समाचार

Loading…


यिनै हुन् कुलमान घिसिङलाई बिदा गरेकै दिन प्राधिकरणमा नियुक्त भएका लेखनाथ कोइराला

नेप्लिज संवाददाता३० भाद्र २०७७, मंगलवार २१:३२ (6 दिन अघि)  १३७ जनाले पढ़िसके

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला नियुक्त भएका छन् । ऊर्जा मन्त्रालयले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै कोइरालालाई निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

विद्युत् प्राधिकरणका यसअघिका कार्यकारी निर्देशक कुलमान घिसिङको भदौ २८ गते पदावधि सकिएपछि कोइरालालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको ऊर्जा मन्त्रालयले जनाएको छ ।

कोइराला प्राधिकरणका १२औँ तहमा कार्यरत कर्मचारी हुन् । हाल प्राधिकरणमा कार्यरत कर्मचारीमध्ये कोइराला सबैभन्दा वरिष्ठ हुन् ।​

हितेन्द्रदेव शाक्य कोइरालाभन्दा वरिष्ठ कर्मचारी हुन । तर, अहिले शाक्यको दरबन्दी कम्पनीमा रहेकाले कोइरालालाई निमित्तको जिम्मेवारी दिइएको मन्त्रालयले जानकारी दिएको छ ।

२०४५ सालमा प्राधिकरणमा सेवा शुभारम्भ गरेका कोइराला चार्टर्ड एकाउन्टेन्ट हुन् । उदयपुर निवासी कोइरालाले दिल्लीबाट पढाइ पूरा गरेका हुन् ।

प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ चारवर्षे कार्यकाल पूरा गरेर मंगलबार बिदा भएका छन् । घिसिङ बिदा भएसँगै खाली रहेको नेपाल विद्युत् प्राधिकरणको नयाँ कार्यकारी निर्देशक छनोटका लागि खुला प्रतिस्पर्धा गराउने सरकारको तयारी छ ।

सरकारले कानुनअनुसार नयाँ कार्यकारी निर्देशक छनोट खुला प्रतिस्पर्धाबाटै गराउन लागेको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

Loading…


प्रतिक्रिया दिनुहोस