ताजा समाचार

Loading…


मन्त्रिपरिषद् निर्णय : असोज १ गतेदेखि आन्तरिक हवाई उडान, होटल र लामो दुरीका गाडी चल्ने

नेप्लिज संवाददाता३० भाद्र २०७७, मंगलवार २०:२७ (6 दिन अघि)  ७९ जनाले पढ़िसके

काठमाडौं । सरकारले अन्तरिक हवाई उडान, होटल रेष्टुरेन्टहरु र लामो दुरीका गाडी पनि असोज १ गतेदेखि खोल्ने भएको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै अन्तरिक हवाई उडान सुरु गर्ने निर्णय गरेको हो । विमानमा सिट क्षमताको आधा मात्र यात्रु राख्नुपर्नेछ भने मास्क, भाइजर अनिवार्य गरिएको छ ।

यस्तै मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

र, व्यवसायीले साविकको भाडादरमा ५० प्रतिशत बढाएर लिन सक्ने सरकारले निर्णय गरेको छ ।

Loading…


प्रतिक्रिया दिनुहोस