ताजा समाचार

Loading…


निषेधाज्ञा कडाइ गरौँ, लम्बाउने प्रयन्त नगरौं – डा. पाण्डे

डा‍. रवीन्द्र पाण्डे४ भाद्र २०७७, बिहीबार २०:२६ (1 महिना अघि)  १४० जनाले पढ़िसके

काठमाडाैं । काठमाडौं उपत्यकाका सडक सुनसान छन् । भित्रि बस्ती र गल्लीमा पहिलेजस्तै मान्छेको ओहोरदोहोर छ । हाम्रो टोलमा उस्तै चहलपहल छ । एकजना पनि सुरक्षाकर्मी देख्ने अवसर पाइएको छैन ।
मुख्य सडकमा मान्छे बस्दैनन् , ब्यापार गर्छन् । मान्छे बस्ने भित्रि बस्तीमा हो । सडक ट्राफिक प्रहरीलाई जिम्मा दिएर खास गस्ती भित्रि बस्ती र गल्लीभित्र गर्नुपर्दछ भन्ने थाहा होस् । भित्रि बस्ती र गल्लीमा कडाइ नगर्ने हो भने निषेधाज्ञा गर्नुको अर्थ छैन ।
मिडियाले न्युरोड, दरवारमार्ग, बानेश्वर तथा अन्य सडक देखाएर सुनसान छ नभनोस् । भित्रि बस्ती र गल्लीको अवस्था देखाओस् ।
तीजको दर खान हिंडेका हुलदेख्दा निषेधाज्ञाको अर्थ सरकारले बुझाउन नसकेको हो कि हामीले बुझ्न नसकेको हो भन्ने चिन्ता संशय उत्पन्न भएको छ ।
कडाइ नगर्ने हो भने निषेधाज्ञा लम्बिने डर हुन्छ । निषेधाज्ञा लम्बियो भने अन्य रोग र भोकले प्रताडित गर्नेछ । कडाइ गरौँ, लम्बाउने प्रयन्त नगरौं ।

Loading…


प्रतिक्रिया दिनुहोस