ताजा समाचार

Loading…


दश राष्ट्रिय गायक गायिकाको स्वरमा ‘इनफ इज इनफ’ (भिडियो)

नेप्लिज संवाददाता२ भाद्र २०७७, मंगलवार १३:४३ (1 महिना अघि)  ९२ जनाले पढ़िसके

काठमाण्डौ । शिव सुवेदीको शब्द तथा संगीतमा तयार भएको ‘इनफ इज इनफ’ अर्थात ‘अत्ति भयो अत्ति’ बोलको गीत सार्वजनिक भएको छ ।
यो गीतमा दशजना गायक गायिकाले आवाज भरेका छन् । गीतमा कुलेन्द्र विक, सम्झना भण्डारी, खेम सेञ्चुरी, सुनिता बुढा क्षेत्री, सूर्य खड्का, मञ्जु पौडेल, विक्रम परियार, कमला पोखरेल, नरेश खाती र टिका सानुको स्वर रहेको छ ।

वैदेशिक शक्तिको हस्तक्षेप, बढ्दो भष्ट्राचार, कालोबजारी, कमिसनखोर र दलाल प्रवृत्तिले नेपाली जनताको जीवन कष्टकर बन्दै गएको छ । कोरोनाको महामारीको समयमा समेत भ्रष्टाचारको दुर्गन्ध फैलिएको छ ।

सत्ताका लागि लुछाचुडी उस्तै छ । दुई तिहाइको सरकारबाट जनतामा जुन अपेक्षा थियो, त्यो निराशामा परिणत हुँदै गएको अवस्था छ । यीनै विषयलाई गीतमा प्रस्तुत गरिएको छ ।

गीतमा ‘इनफ इज इनफ’ अभियानलाई समेत जोडिएको छ । गीतलाई यूट्युबमा दर्शक तथा स्रोतले रुचाएका छन् ।

हेर्नुहोस् यस्तो छ गीत

Loading…


प्रतिक्रिया दिनुहोस