ताजा समाचार

Loading…


भर्खरै पोखरामा थप एक कोरोना संक्रमितको मृत्यु

नेप्लिज संवाददाता२ भाद्र २०७७, मंगलवार १३:११ (1 महिना अघि)  ९९ जनाले पढ़िसके

पोखारा । पोखरा महानगरपालिका वडा नम्बर १६ का ८७ वर्षीय कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ । उनको मंगलबार बिहान १०ः४० बजे मृत्यु भएको हो ।

पोखरामै तनहुँकी ५० वर्षीया संक्रमित महिलाको पनि गएराति मृत्यु भएको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराले जनाएको छ ।

पोखराका ८७ वर्षीय वृद्धलाई साउन ३२ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको थियो । उनमा उच्च ज्वरो र श्वासप्रश्वासको समस्या थियो । समस्या बढ्दै गएपछि उनलाई भदौ १ गते आईसीयूमा भर्ना गरिएको थियो ।

कोरोना संक्रमणको लक्षणसमेत देखिएकाले स्वाब परीक्षण गर्दा सोमबार उनको कोरोना पोजेटिभ रिपोर्ट आएको थियो ।

Loading…


प्रतिक्रिया दिनुहोस