ताजा समाचार

Loading…


कांग्रेस नवलपरासीका उपसभापति गिरीको कोरोना संक्रमणका कारण मृत्यु

नेप्लिज संवाददाता२ भाद्र २०७७, मंगलवार ०९:५७ (1 महिना अघि)  १४२ जनाले पढ़िसके

बुटवल । नेपाली कांग्रेस नवलपरासीका जिल्ला उपसभापति सुवाशचन्द्र गिरीको काेराेना भाइरसकाे संक्रमणका कारण मृत्यु भएको छ ।

नवलपरासी सुस्ता पश्चिम घर भएका ३८ वर्षीय गिरीको पाटन अस्पताल ललितपुरमा मृत्यु भएको हो ।

बुटवलको कोरोना अस्पतालबाट साउन ३० गते पाटन अस्पतालमा पुगेर भर्ना भएका गिरीको भेन्टिलेटरको सहायतामा उपचार भइरहेकामा गएराति ११ बजेदेखि श्वासप्रश्वासमा समस्या भएकाे थियाे ।

गिरीको केही समय अगाडि युनिभर्सल मेडिकल कलेज भैरहवामा पित्तथैलीको पत्थरीको शल्यक्रिया भएको थियो । त्यसपछि श्वासप्रश्वासमा समस्या देखिएको र पुनः मेडिकल कलेजमा जाँच गराउँदा निमोनिया देखिएपछि पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

Loading…


प्रतिक्रिया दिनुहोस