ताजा समाचार

Loading…


कुलमान घिसिङकाे अर्काे प्रश‌ंसनिय काम, आठ लाख उपभोक्ताको विद्युत महसुल छुट

नेप्लिज संवाददाता२ भाद्र २०७७, मंगलवार ०७:०१ (1 महिना अघि)  ८५ जनाले पढ़िसके

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आगामी दुई वर्षभित्रमा शतप्रतिशत नेपालीको घरका विद्युत् पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यसअघि सरकारले सन् २०२३ सम्म यो काम गर्ने लक्ष्य लिएको थियो ।

नेपाल विद्युत् प्राधिकरणको सोमबार आयोजित ३५औँ वार्षिकोत्सव समारोहलाई वेबिनारमार्फत सम्बोधन गर्दै उहाँले मुुलुक विद्युत्मा आत्मनिर्भरतर्पm उन्मुख भइरहेकाले अब विद्युत् खपत बढाउने ध्यान केन्द्रित गरिरहेको पनि बताए ।

प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका मन्त्री पुनले अबका दिनमा जलायशययुक्त जलविद्युत्मा लगानी आकर्षित गर्न प्राधिकरण लागि परेको र केही त्यस्ता केही ठूला आयोजना अगाडि बढाउने प्रक्रिया थालनी गरिसकिएको पनि जानकारी दिए ।

उनले १० वर्षअघि भन्दा अहिलेको प्राधिकरणको अवस्थामा निकै ठूलो सकारात्मक परिवर्तन आएको चर्चा गर्दै एक्लो प्रतिस्पर्धामा हिँडिरहेको प्राधिकरणका अगाडि थुप्रै चुनौती रहेको पनि बताए ।

उनले प्राधिकरण वित्तीय रूपमा नाफा उन्मुख हुन थालेपछि उपभोक्ताको हितमा काम गर्न मासिक १० युनिटभन्दा कम खपत गर्ने करिब आठ लाख उपभोक्ताको महसुल छुट गरिएको र अन्य उपभोक्ताका लागि पनि महसुल कम गरिएको बताए ।

मन्त्री पुनले आगामी पाँच वर्षे संस्थागत विकास योजना २०७७ जारी भई सोही अनुरूप काम अगाडि बढाइएको पनि बताए ।
उनले प्राधिकरणका कर्मचारीलाई प्रोत्साहन गर्न कर्मचारी कल्याणकारी कोषमा गत वर्ष करिब सात करोड रुपियाँ प्रदान गरिएको पनि जानकारी दिनुभयो । उहाँले हाल प्राधिकरणभित्र संस्थागत सुशासन कयम भएको र सबैले व्यावसायिक ढङ्गबाट काम गर्ने वातावरण भएको बताए ।
उनले अबका दिनमा सात प्रदेशमा नै प्रादेशिक कार्यालय स्थापना गरेर काम सुरु गरिने आगामी योजनाका बारेमा पनि बताए

मन्त्री पुनले ४५६ मेगावाटको माथिल्लो तामाकोसीबाट हुने व्यापारिक उत्पादन तथा ढल्केबर सबस्टेसनको ४०० केभी प्रसारण लाइनको स्तरोन्नति विद्युत् इतिहासमा कोसेढुङ्गा साबित हुने बताए ।
उनले आगामी दिनमा हुने अधिक उत्पादनलाई निर्यात गर्नका लागि पनि आवश्यक छलफल अगाडि बढाइएको बताए ।

प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले विगत चार वर्षमा हासिल भएका उपलब्धिको चर्चा गर्दै चार वर्षअघिको लोडसेडिङ अहिले अन्त्य भएको, कर्मचारीलाई तलब खुवाउन नसक्ने वित्तीय अवस्थामा अहिले निकै सुधार भएको चर्चा गरे ।

उनले विद्युत् चुहावटलाई १५.२७ प्रतिशतमा झार्न सकिएको, ८६१४ मेगावाटको कुलेखानी तेस्रो जलविद्युत् आयोजनालाई प्रसारण लाइनमा जोड्न सकिएको, ४२ लाख १८ हजार ग्राहकमा विद्युत् पु¥याउन सकिएको जानकारी दिए ।

त्यस्तै विद्युत् खपत छ अर्ब ५२ लाख ९० युनिट पुगेको उनले बताएका गोरखापत्र दैनिकले खबर लेखेको छ ।

त्यस्तै वित्तीयतर्फ पनि प्राधिकरणले उल्लेख्य उपलब्धि हासिल गरेको भन्दै उहाँले प्राधिकरण गत वर्ष ११ अर्व पाँच करोड रुपियाँ करअघिको खुद मुनाफा आर्जन गर्न सफल जानकारी दिए । यसबाट प्राधिकरण सञ्चित घाटाबाट बाहिर निस्केर करिब चार अर्ब ८६ करोड रुपियाँ नाफाको अवस्थामा पुगेको उनले बताए ।

उनले आगामी दिनमा अन्तरदेशीय विद्युत् व्यापारलाई अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाअनुरूप अगाडि बढाइने, प्राधिकरणलाई कर्पोरेट डेभलपमेन्ट प्लानअनुरूप पुनर्संरचना गरिने, स्वचालित र डिजिटलाइजेसका कामलाई अगाडि बढाइने योजनाका बारेमा पनि जानकारी दिए ।

Loading…


प्रतिक्रिया दिनुहोस