ताजा समाचार

Loading…


अभिनेत्री निता ढुंगाना गायन क्षेत्रमा प्रवेश

नेप्लिज संवाददाता१ भाद्र २०७७, सोमबार ०६:४७ (1 महिना अघि)  २२४ जनाले पढ़िसके

काठमाडौं । अभिनेत्री निता ढुंगाना गायनमा क्षेत्रमा प्रवेश गरेकी छन् । उनले आफ्नो स्वरमा नयाँ भजन रेकर्ड गराएकी छन् । ढुंगानाले केही दिनअघि आफ्नो स्वरमा गणेश भजन ‘वक्रतुण्ड महाकाय’ रेकर्ड गराएकी हुन् ।
उनले यो भजनको भिडियो चाँडै बजारमा ल्याउने बताएकी छन् । आफू घरमा नियमित रूपमा भजन गाउने भएकाले यसपटक गणेश भजन रेकर्ड गरेको भन्दै नीताले यो भजनको भिडियोसमेत आफ्नो प्रोडक्सन हाउस नीता फिल्मसबाट छायांकन गरेकी बताएकी छिन् ।
नेपाली चलचित्रकी अभिनेत्रीहरूले गीत गाउने लहर नै चलिरहेको छ । यसअघि गौरी मल्ल, रेखा थापा, निरुता सिंह, प्रियंका कार्की, पूजा शर्मा, छुल्ठिम गुरुङ, परमिता आरएल राणा, अनु शाहलगायतले आफ्नो स्वरमा गीत रेकर्ड गराएर बजारमा ल्याइसकेका छन् ।

Loading…


प्रतिक्रिया दिनुहोस