ताजा समाचार

Loading…


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाईको मृत्यु

नेप्लिज संवाददाता३२ श्रावण २०७७, आईतवार १०:५७ (1 महिना अघि)  ९१ जनाले पढ़िसके

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको मृत्यु भएकाे छ । उनकाे न्यूयोर्कस्थित अस्पतालमा उपचारको क्रममा  मृत्यु भएकाे राष्ट्रपति ट्रम्प स्वयंले बताएका छन् ।

ट्रम्पले भनेका छन्, ‘गह्रुंगो मनका साथ म तपाईंलाई यो जानकारी दिँदै छु कि मेरो भाइ रोबर्ट ट्रम्पले गएराति अन्तिम सास लियो । ऊ मेरो भाइमात्र थिएन, मेरो राम्रो साथी पनि थियो । उसको याद सधैं मेरो हृदयमा रहने छ ।’

७२ वर्षीय रोबर्ट राष्ट्रपति ट्रम्पभन्दा दुई वर्ष कान्छा थिए । उनी रियल स्टेटको कारोबारी थिए ।

राष्ट्रपति ट्रम्प शनिबार मात्रै आफ्नो भाइलाई भेट्न अस्पताल पुगेका थिए ।

Loading…


प्रतिक्रिया दिनुहोस