ताजा समाचार

Loading…


नेपालमा थप पाँचजना काेराेना संक्रमितकाे मृत्यु

नेप्लिज संवाददाता२३ श्रावण २०७७, शुक्रबार २१:१६ (1 महिना अघि)  ८१ जनाले पढ़िसके

काठमाडौं । नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट थप पाँच जनाकाे ज्यान गएकाे छ । पाटन अस्पतालमा २, धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा, विराटनगरको कोशी अस्पताल र वीरगञ्जको गण्डक अस्थायी कोभिड अस्पतालमा १\१ जनाको ज्यान गएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

पाटन अस्पतालको आईसीयूमा सर्लाहीका ४५ वर्षीय पुरुष र रुपन्देही सुनौलीकी ४१ वर्षीया महिलाको कोरोनाले ज्यान गएकाे छ । यस्तै सिराहाको गोलबजार नगरपालिका–१२ का २१ वर्षीय युवकको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ ।

यस्तै कोशी अस्पतालको आइसोलेसन कक्षमा उपचाररत विराटनगर महानगरपालिका– ९ का ५८ वर्षका पुरुषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार विहान मृत्यु भएका उनको दिउँसो कोरोना संक्रमण पुष्टि भएको हाे । यस्तै वीरगञ्जस्थित नारायणी अस्थायी कोभिड विशेष अस्पतालमा मृत्यु भएका वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै साउनमा मात्रै पर्सामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १६ पुगेको छ । कोरोना संक्रमणबाटै वीरगञ्जका एक पुरुषको काठमाडौंमा मृत्यु भएको छ ।

वीरगञ्जमै उपचारको क्रममा बाराका २ जना र रौतहटका १ जना संक्रमितको मृत्यु भएको छ । वीरगञ्जमै एउटा वेवारिसे शवमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसैबीच पछिल्लो २४ घण्टामा थप ४६४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

Loading…


प्रतिक्रिया दिनुहोस