ताजा समाचार

Loading…


पाथिभरा माताकाे दर्शन गरी हेर्नुहाेस् आजकाे राशिफल

नेप्लिज संवाददाता२३ श्रावण २०७७, शुक्रबार ०५:३० (1 महिना अघि)  १०७ जनाले पढ़िसके

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

गोप्यतामा ध्यान दिनुहोला,अतिगोप्य कुराहरु सार्वजनिक हुन सक्छ । प्रेममा रमाउन चाहनेहरुका लागि समय घातक हुन सक्छ । खानपान तथा बाहिरी वातावरणको ख्याल नगर्दा रोगले सताउनेछ । तरपनि यात्रा हुने तथा विदेशमा बसेर काम गर्नेहरुका लागि समय उत्तम रहेकोछ । विदेशी सामानमा गरिने लगानिबाट आम्दानी बढाउन सकिनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

दाजुभाई तथा आफन्तले तपाईको शुरु गर्नु भएको काममा सहयोग तथा समर्थन गर्ने हुनाले थप लगानि गर्ने बाताबरण बन्नेछ । बिभिन्न अवसरले पछ्याउने तथा रोजगारि पाउने समय रहेकोछ । भौतिक सम्पति तथा भोगबिलासका सामानहरु प्राप्त हुनेछन् भने ईच्छित कामनाहरु पुरा हुने समय रहेकोछ । दाम्पत्य सम्बन्धमा बिश्वासको बाताबरण सुमधुर बन्नेछ भने प्रेम सम्बन्ध सुदृड हुनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

साहसी काम गरेर मनग्गे धन आर्जन गर्न सकिनेछ । व्यापारमा लगानी गर्ने व्यापारीहरुका लागी आजको दिन उत्तम रहकोछ । राजनीतिज्ञ तथा सामाजिक क्षेत्रमा काम गर्नेहरुका लागि समय राम्रो रहेकोले पद तथा मानसम्मान पाउने योग रहेकोछ । आज गरिने लगानिबाट पछि सम्म आम्दानि भईरहनेछ । अरुलाई दिएको बाचा पुरा गर्न सकिने हुदा मन प्रशन्न हुनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

धर्म तथा अध्यात्म क्षेत्रमा मन जानेछ भने धार्मिक प्रवृती बढ्नेछ । धर्म तथा अध्यात्म सँग सम्बन्धित सामानको व्यापार बढ्नेछ । पढाई लेखाई वा खोजिमुलक कामकै लागी लामो दुरिको यात्रा हुनेछ । भाग्य तथा समयले प्रेमपात्र जुराउनेछ । राजनीति तथा समाजसेवामा समय लिनेहरुले जनताको साथ तथा समर्थन पाउने योग रहेकोछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

खानपानको समय नमिल्नाले स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढ्नेछ । भौतिक तथा मानव निर्मित स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । पहिलेका समस्या पुनह बल्झनाले र गोप्यता बाहिर आउनाले मान सम्मानमा कमि हुनेछ । आफन्त तथा दिदिबहिनीहरुको सहयोग नपाईनाले गर्न आटेका कामहरु थाति रहनेछन् ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)

व्यापार भावमा गोचर गर्ने चन्द्रमाले फेन्सि तथा बिलाशि बस्तुको व्यापारबाट मनग्गे आम्दानि हुनेछ । एकल तथा साझेदारि व्यावसायमा लगानि बढाउँन सकिनेछ । व्यापारकै शिलशिलामा लामो दुरिको यात्रा हुनेछ । साथि संगि तथा ईष्टमित्रबाट उपाहार प्राप्त हुनेछ । माया प्रेममा नजिक हुन सकिने तथा पति पत्नी बीच बिश्वासको बाताबरण बढेर जानेछ । पढाई लेखाईमा मन जाने तथा अरुलाई पछि पार्दै नतिजा आफुतिर ल्याउँन सकिनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

प्रतिस्पर्धामा प्रतिस्पर्धिहरुलाई किनार लगाउँदै नतिजा आफैतिर ल्याउँन सकिनेछ । लामो समयदेखि रोकिएर बसेका कामहरु बन्नाले मन उत्साहित हुनेछ । सत्रु परास्त हुने तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँनेछ । स्रोत साधन जुटाउदै व्यापारमा लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

पढाइ लेखाइमा फितलो उपस्थितिले गर्दा अरु भन्दा पछि परिने सम्भावना रहेको छ । सन्तान तथा छोराछोरिले तपाईको काममा आंशिक सहयोग गर्नेछन् । बौद्धिक कार्यमा सहभागि भई आफ्नो क्षमता प्रदशन गर्ने अवसर प्राप्त हुनेछ भने सोचेजस्तो पारिश्रमिक नपाउँदा मन खिन्न हुनेछ । प्रेम प्रसङगमा एक अर्काबिच भावना साटासाट गरि समय ब्यातित गर्न सकिनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

परिवार तथा आफन्तसँग घरायसि कुरामा मतभेद तथा शैद्धान्तिक राय बाजिनेछ । आफन्त तथा अग्रजहरुसँग टाडिएर यात्रा गर्नुपदा मन खिन्न हुनेछ । अध्ययनमा समय प्रशस्त दिएपनि नतिजा न्युन आउनेछ । राजनीति तथा सामाजिक काममा समय खर्चिनेहरुका लागि आलोचनात्मक समर्थन पाउने योग रहेकोछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

रमाईलो यात्रा गर्न सकिने तथा यात्राका क्रममा धेरै कुराहरुका जानकारि लिन सकिनेछ । माया प्रेममा नजिक हुने तथा योग्य बरबधुको लगन गाठो कसिनको लागि घरपरिवारबाट सहमति जुर्नेछ । लेखन कला तथा साहित्यको क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ । दाजुभाई तथा छिमेकीको सहयोगले राम्रा तथा उपलब्धिमुलक कामहरु गर्न सकिनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

धन सम्पती तथा आर्थिक अवस्था सुदृड बनाउदै प्रगती पथमा लम्कन सकिनेछ । व्यापार व्यवसायबाट अरुदिनभन्दा नाँफा बढि लिन सकिनेछ । अध्ययनमा मन जाने हुनाले पुरस्कार तथा प्रशंसा पत्र पाईने योग रहेकोछ । आफन्त तथा घरपरिवारका मानिसहरुसँग मिलेर अगाडी बढ्न सकिने हुनाले सबैले जिम्मेवारी बहन गर्नेछन् । प्रेममा रमाउन चाहनेहरुका लागी समय फलदायि रहनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

पुराना कमिकमजोरि सुधार्दै नयाँ काममा हात हाल्न सकिनेछ । पारिवारि माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर आउँनेछ । माया प्रेममा रमाईलो गर्दै समय व्यातित हुनेछ । घर परिवार तथा आफन्तको सद्भाव तथा सहयोग पाईने हुनाले मन प्रशन्न हुनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक अवस्था सुदृड हुनेछ । राजनितिज्ञको लागि समय राम्रो रहेकोछ ।

Loading…


प्रतिक्रिया दिनुहोस