ताजा समाचार

Loading…


मन्त्री यादवलाई कोरोना संक्रमण पुष्टी

नेप्लिज संवाददाता२२ श्रावण २०७७, बिहीबार ०९:५६ (1 महिना अघि)  १४५ जनाले पढ़िसके

जनकपुरधाम ।  प्रदेश २ सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवमा कोरोना संक्रमण पुष्टि भएको छ । रिपोर्टमा आफूमा कोरोना संक्रमण पुष्टि भएको मन्त्री यादवले बताएका छन् ।
गएको साउन १८ गते काठमाडौँबाट फर्केर १९ गते स्वाब संकलन गराएका उनको रिपोर्ट पोजेटिभ आएको हो । कोरोना संक्रमण पुष्टि भए पनि आफूमा कुनै लक्षण नरहेको उनले बताएका छन् ।
उनले आफ्नो सम्पर्कमा आएका सबैलाई परीक्षण गराउन सबैसँग अपिल गरेका छन् । उनी अहिले मन्त्रालयको निवासममै आइसोलेशनमा रहेका छन् ।

Loading…


प्रतिक्रिया दिनुहोस