ताजा समाचार

Loading…


महिलालाई उद्यमशील बनाउने लक्षसहित खाद्य उद्याेग सञ्चालन

नेप्लिज संवाददाता२२ श्रावण २०७७, बिहीबार ०८:०३ (1 महिना अघि)  ९२ जनाले पढ़िसके

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका ६ जयन्तिगाउँमा उपासना महिला उद्यमी उप–समितिले एएके खाद्य उद्योग सञ्चालनमा ल्याएको छ ।

उद्योगको वडाअध्यक्ष राजेन्द्र बुढाथोकीले उद्घाटन गरेका हुन् । उद्योग उद्घाटन गर्दै वडाध्यक्ष बुढाथोकीले महिला शसक्तिकरणको लागि उपसनाले चालेको यस्तो कमद प्रशंसनीय रहेको बताए ।

महिलाहरुलाई सृजनशील बनाउने र रोजगारी दिने उद्देश्यले एएके खाद्य उद्योग सञ्चालनमा ल्याइएको उपासना महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष अमरावती महर्जनले बताईन् ।

सञ्चालक सरिता थापाका अनुसार एएके खाद्य उद्योगले मिक्स दालमोठ, चना फ्राई, बदाम फ्राई, मुग नेम्किन, मसला लगायतका खाद्यबस्तुहरु उत्पादन गर्नेछ ।

उद्योगले स्थानीय स्रोत र साधनको सदुपयोग गर्दै महिलाहरुको आर्थिक उत्थान गरी समृद्ध अर्थतन्त्रको विकासमा टेवा पुर्याउने विश्वास लिएको अध्यक्ष महर्जनले बताईन् ।
नागार्जुन–४ सितापाइला स्थित उपासना महिला बचत तथा ऋण सहकारी संस्थाले १२ वर्षदेखि महिलालाई उद्यमशील बनाउन र सीपमुलक कार्यमा संलग्न गराई आर्थिक समृद्धि र सामाजिक रूपान्तरणमा विशेष भूमिका खेलेको अध्यक्ष महर्जनको दावी थियो ।

Loading…


प्रतिक्रिया दिनुहोस