ताजा समाचार

Loading…


डोनाल्ड ट्रम्पको स्टाटस फेसबुकले यसकारण डिलिट गरिदियो

नेप्लिज संवाददाता२२ श्रावण २०७७, बिहीबार ०७:१० (1 महिना अघि)  ११३ जनाले पढ़िसके

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एक पोष्ट डिलिट फेबुकले डिलिट गरिदिएको छ । कोरोना भाइरसबारे ट्रम्पले गरेको पोष्टलाई फेसबुकले पहिलो पटक डिलिट गरेको हो ।

राष्ट्रपति ट्रम्पले गलत सूचना सेयर गरेकाले त्यसलाई डिलिट गरिएको फेसबुक कम्पनीले जनाएको छ ।

ट्रम्पले स्टाटसको साथमा फक्स न्युज च्यानललाई दिएको अन्तरवार्ताको एक भिडियो क्लिप पनि राखेका थिए । त्यो भिडियोमा ट्रम्पले भनेका कोरोना भाइरसबाट बालबालिकाहरु लगभग सुरक्षित छन् भनेका थिए ।

भिडियोमा कोरोना भाइरसबारे गलत दाबी गरिएको र त्यो फेसबुकको नीतिको उल्लंघन भएको फेसबुकका प्रवक्ताले बताएका छन् । आफूहरु कोरोना भाइरस संक्रमणको विषयमा गलत सूचना प्रवाहको विरुद्धमा रहेको उनले बताएका छन् ।

Loading…


प्रतिक्रिया दिनुहोस