ताजा समाचार

Loading…


सांसद यादवसहित थप ६४ जनामा कोरोना पुष्टि

नेप्लिज संवाददाता१७ श्रावण २०७७, शनिबार ०७:१६ (1 हप्ता अघि)  ५० जनाले पढ़िसके

पर्सा । प्रतिनिधि सभा सांसद प्रदीप यादवलाई कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार राति गरिएको पीसीआर परीक्षणमा सांसद यादवसहित ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ ।
सांसद यादवले शुक्रबार बिहान परीक्षणका लागि स्वाब दिएका थिए । सांसद यादवका अंगरक्षक र चालकमा पानि कोरोना संक्रमण देखिएको छ । उनी पर्सा निर्वाचन क्षेत्र नम्बर एकबाट निर्वाचित भएका हुन् ।
यसअघि बिहीबार वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
सांसद यादवले आफूलाई कोरोना संक्रमण भएको आफ्नो फेसबुक पेजमार्फत लेखेका छन्, ‘पीसीआर जाँच गराउँदा कोरोना पोजिटिभ देखिएको जानकारी गराउन चाहन्छु । मेरो स्वास्थ्यमा कुनै समस्या भने देखिएको छैन । आफूलाई आइसोलेट गरेर आराममा छु ।’

Loading…


प्रतिक्रिया दिनुहोस