ताजा समाचार

Loading…


एपल, एमेजन, फेसबुक र गुगलमाथि शक्ति दुरुपयोगको आरोप, कम्पनी प्रमुखहरूले दिए यस्ताे जवाफ

नेप्लिज संवाददाता१५ श्रावण २०७७, बिहीबार १०:०८ (1 हप्ता अघि)  १०३ जनाले पढ़िसके

बीबीसी । विश्वका चार ठूला प्रविधि कम्पनीका प्रमुखहरू शक्तिको दुरुपयोग गरेको भन्ने आरोपको सामना गर्न अमेरिकी संसदीय सुनुवाइमा उपस्थित भएका छन्। उनीहरुले बजारमा प्रतिस्पर्धा दबाउन शक्तको दुरुपयोग गरेको आरोप लागेको छ ।

एमेजनका प्रमुख जेफ बेजोसले विश्वलाई ठूला कम्पनीहरूको खाँचो रहेकोू बताए भने फेसबुक, एपल र गुगलका प्रमुखहरूले आफ्ना कम्पनीले आविष्कारका लागि उत्प्रेरित गरेको तर्क गरे।

कडा नियमन तथा प्रतिस्पर्धासम्बन्धी छानबिनको विषयमा सांसदहरूले विमर्श गरिरहेका बेला ठूला प्रविधि कम्पनीका प्रमुखहरू संसदीय सुनुवाइमा सहभागी भएका हुन्।

संसदीय सुनुवाइको नेतृत्व गरेका डेमोक्र्याट सांसद डेविड सिसिलिनले एक वर्ष लगाएर सांसदहरूले गरेको अनुसन्धानबाट अनलाइन प्लेटफर्महरूले दायरा विस्तार गर्नका निम्ति आफ्नो शक्ति विध्वंसात्मक र हानि पुर्‍याउने हिसाबले खर्च गरेको बताए।

जिमेलमा कोरोनाभाइरससम्बन्धी दैनिक लाखौँ फर्जी इमेल
ती कम्पनीहरूले एकाधिकार कायम गरेको भन्दै त्यसप्रति आवश्यक कदम चाल्नुपर्नेमा उनले जोड दिए।

भिडिओ लिङ्कमार्फत् उपस्थित भएका फेसबुकका मार्क जकरबर्ग, एमेजनका जेफ बेजोस, गुगलका सुन्दर पिचाइ र एपलका टिम कूकलाई पाँच घण्टासम्म प्रश्नहरू सोधिएको थियो।

चारैजना प्रमुख कार्यकारी अधिकृतहरूले आफ्नो कम्पनीले कुनै गैरकानुनी काम नगरेको बताए।

सुनुवाइका क्रममा सांसदहरूले आफ्ना वेब पेजमा प्रयोगकर्ताहरूलाई तानिरहन गुगलले एल्पजस्ता साना कम्पनीद्वारा तयार पारिएका विषयवस्तु चोरेको आरोप समेत लगाए।

वेबसाइटमा एमेजनका विक्रेताहरूको व्यवहार इन्स्टाग्रामजस्ता प्रतिस्पर्धीको स्वामित्व फेसबुकले खरिद गरेको र एपलको एप भण्डार लगायतका विषयले सांसदहरूको ध्यान तानेको थियो।

सुनुवाइका क्रममा कतिपय रिपब्लिकन सांसदले ती कम्पनीहरूलाई टुटाउने अथवा प्रतिस्पर्धासम्बन्धी अमेरिकी कानुनमा आमूल परिवर्तन ल्याउनुपर्ने पक्षमा आफूहरू नरहेको तर्क गरेका थिए।

Loading…


प्रतिक्रिया दिनुहोस