ताजा समाचार

Loading…


कोरोना भाईरसको संक्रमणबाट पहिलो पटक कुकुरको मृत्यु

नेप्लिज संवाददाता१५ श्रावण २०७७, बिहीबार ०९:३८ (1 हप्ता अघि)  १०४ जनाले पढ़िसके

न्युर्योक । कोरोना भाइरसको सक्रमणबाट बाट पहिलो पटक कुकुरको मृत्यु भएको छ । अमेरिकामा कोरोना संक्रमणबाट कुकुरको मृत्यु भएको हो ।

सामाजिक संजाल ट्वीटरमा खाता भएकी नताशा डालीले कोभिड १९ बाट सबै भन्दा पहिलो जर्मन शेपर्ड बडी नामको कुकुर मरेको हो । नताशा न्याट जियोमाकी सम्पादक हुन् भने उनि बिशेष जनावरहरुको कल्याण, संरक्षण र शोषण सम्बन्धि बिषयमा कलम चलाउछिन ।

उनले बडीको बारेमा उस्ले गर्ने गतिबिधिको संक्षेपमा चर्चा गर्दै के भएको भनि उल्लेख गरेकी छिन ।

गत मध्ये अप्रिलमा उसको सातौ जन्मदिनमा उसलाई स्वास फेर्न संघर्ष गर्नु परेको थियो । ६ हप्ता पछि बडी अमेरिकामा कोरोना भाइरस कोभिड १९ लाग्ने प्रथम कुकुर हुन् पुग्यो । जुलाई ११ का दिन उसको मृत्यु भएको बताइएको छ ।

Loading…


प्रतिक्रिया दिनुहोस