ताजा समाचार

Loading…


वीरगञ्जमा अर्का कोरोना सङ्क्रमितको पनि मृ’त्यु

नेप्लिज संवाददाता१५ श्रावण २०७७, बिहीबार ०७:३६ (1 हप्ता अघि)  ७० जनाले पढ़िसके

पर्सा । कोरोना भाइरसको सङ्क्रमणबाट वीरगञ्जमा अर्का काेराेना संक्रमितकाे पनि मृ’त्यु भएकाे छ । ७१ वर्षीय एक वृद्धको मृ’त्यु भएको पर्साका प्रहरी उपरीक्षक गंगा पन्तकाे भनाइ छ ।

उनकाे उपचारको क्रममा नेशनल मेडिकल कलेजमा मृ’त्यु भएको हो । उनकाे मृत्युपछि आएको रिपोर्टमा कोरोना भाइरसको सङ्क्रमण पोजेटिभ देखिएको हाे ।

मिर्गाैला र निमोनियाको समस्याबाट पीडित वृद्ध पखाला लागेका कारण अस्पताल भर्ना भएका थिए । उनकाे साउन ११ गते आइतबार नै पीसीआर विधिबाट कोरोना परीक्षणका लागि स्वाब लिइएकाे थियो ।

यसअघि पनि वीरगञ्जमा बुधबार बिहान ६८ वर्षीय वृद्धको कोरोना भाइरसको सङ्क्रमणका कारण मृ’त्यु भएको थियो । ७१ वर्षीय एक वृद्धको मृत्यु भएसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेकाे सङ्ख्या ५१ पुगेको छ ।

Loading…


प्रतिक्रिया दिनुहोस