ताजा समाचार

Loading…


केपी ओलीकै सक्रियतामा नेकपा एमाले दर्ता भएको प्रचण्डको दाबी

नेप्लिज संवाददाता९ श्रावण २०७७, शुक्रबार १५:५४ (2 हप्ता अघि)  ८९ जनाले पढ़िसके

काठमाण्डौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीकै सक्रियतामा निर्वाचन आयोगमा नेकपा एमाले दर्ता भएको दाबी गरेका छन् ।

काठमाडौंमा भएको कार्यक्रममा उनले पार्टीभित्रको अन्तर्विरोध बढ्दै जाँदा ओलीकै सक्रियतामा नेकपा एमाले दर्ता भएको बताएका हुन् ।
उनले यसले कम्युनिस्ट आन्दोलन थप धरापमा परेको भन्दै ओलीको एकलौटीपनले नेकपामा विवाद आएको बताए ।

पार्टीको अनुमति विपरीत आफूखुसी काम गर्दा सरकार बदनाम भएको आरोप लगाउँदै प्रचण्डले पार्टीको सक्रियताले भएका राम्रा कामको जस ओली एक्लैले लिन खोज्दा पार्टी फुटको खतरामा रहेको बताए ।

उनले पार्टी बैठक चलिरहेकै बेला देशभर केही कार्यकर्ता जिन्दावाद र मुर्दावादको नारा लगाउन लगाइएको समेत बताए ।

Loading…


प्रतिक्रिया दिनुहोस