ताजा समाचार

Loading…


प्युठानमा ट्याक्टर दुर्घटना : ७ जनाको मृत्यु, विशाल थापा मात्रै हामफालेर बाँचे

नेप्लिज संवाददाता४ श्रावण २०७७, आईतवार ०८:४६ (2 हप्ता अघि)  ९१ जनाले पढ़िसके

दाङ । प्युठानमा ट्याक्टर दुर्घटना हुँदा सात जनाको ज्यान गएकाे छ । स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा गएराति लु २ च ४२३४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा उनीहरुकाे ज्यान गएकाे हाे ।

रोल्पाका विशाल थापा मात्र ट्याक्टरबाट हामफालेर बाँच्न सफल भएका छन् ।

रोल्पा रुन्टीगढी गाउँपालिका ५ का २१ वर्षीय सागर बस्नेत, २४ वर्षीय रिमबहादुर बस्नेत, २५ वर्षीय कबिराम बस्नेत, १९ वर्षीय विरेन्द्र बाठामगर, १९ वर्षीय थमन बाठामगर, रोल्पाकै त्रिवेणी गाउँपालिकाका चालक २५ वर्षीय कमल कुँवर र उमेर नखुलेका गोवर्द्धन बुढामगरकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

मृतकहरु भिङग्री–स्वर्गद्वारी सडकखण्डमा काम गर्ने कामदार हुन् ।

Loading…


प्रतिक्रिया दिनुहोस