ताजा समाचार

Loading…


आजदेखि यी रुटमा चल्नेछन् साझा बस

नेप्लिज संवाददाता१ श्रावण २०७७, बिहीबार ०७:३२ (3 हप्ता अघि)  ९६ जनाले पढ़िसके

काठमाडौं । साझा यातायातले बिहीबारबाट बस सेवा सुरु गर्ने भएको छ । २६ वटा बसमार्फत काठमाडौंका धेरै रुटमा सेवा सुरु गर्न लागिएको साझाले जनाएको छ । पहिलो दिन सरकारले तोकेअनुसार नै सिटभन्दा आधा यात्रु राखेर बस सञ्चालन गर्न लागिएको साझाका व्यवस्थापक महेन्द्र पाण्डेले बताए ।

उनका अनुसार यात्रुले साझाका बसमा चढ्दा माक्स लगाउने, स्यानीटाइजरको प्रयोग गर्ने र सामाजिक दुरी कायम गर्नेसँगै खुद्रा पैसा बोकरमात्रै बसमा यात्रा गर्नुपर्छ ।

मन्त्रिपरिषद्‌ बैठकले सार्वजनिक यातायात सञ्चालनको निर्णय गरेपछि पनि यातायातले बसको मर्मतलगायतका तयारीका काम गरिरहेको थियो । यातायात व्यवस्था विभागले औपचारिक रुपमा पत्र नदिएकाले सेवा सुरु गर्न नसकेकामा पत्र प्राप्त भएसँगै सुरु गरिएको हो ।

२०१९ सालबाट बस सेवा सुरु गरेको संस्थाले विगतमा सबैभन्दा लोकप्रिय सवारी साधन मानिन्थ्यो । विभिन्न समस्याका कारण २०६४ मा अवरुद्ध सेवा २०७० मा पुनः स्थापित भएको हो ।

Loading…


प्रतिक्रिया दिनुहोस