ताजा समाचार

Loading…


उडिरहेको एक विमानको शौचालयमा ‘बम नोट’ भेटियाे, आपत्कालीन अवतरण

नेप्लिज संवाददाता३० असार २०७७, मंगलवार ०९:२३ (3 हप्ता अघि)  ७८ जनाले पढ़िसके

बीबीसी । पोल्याण्डको क्र्याकोफबाट आयरल्याण्डको डब्लिनतर्फ उडिरहेको एउटा विमानको शौचालयमा जहाजभित्र विस्फोटक पदार्थ भएको दाबी गरिएको पत्र भेटिएपछि आपत्कालीन अवतरण गराइएको छ।

राइनएयरको उक्त उडानलाई ब्रिटेनको स्टानस्टेड विमानस्थलतर्फ मोडिएको थियो जहाँ एसेक्सका प्रहरीहरूले विमानको जाँच गरेका थिए।

स्थानीय समय अनुसार साँझको ६ बजेर ४० मिनेटमा अवतरण गर्नुअघि दुईवटा लडाकू जेटले विमानलाई पहरा दिएका थिए।

त्यसक्रममा रोयल एयर फोर्सको जेटहरूले गरेको हतारोपूर्ण उडानबारे मानिसहरूले सामाजिक सञ्जाल ट्विटरमा पोष्टहरू गरेका थिए।

विमान सेवाका एकजना प्रवक्ता भन्छन्: “विमान सामान्य रूपमै अवतरण भयो। सुरक्षित रूपमै यात्रुहरू विमानस्थलको एक्ल्याइएको कुनामा उत्रनुपर्‍यो।”

उनले विज्ञप्तिमा भनेकी छन्: यूके प्रहरीले विमान र यात्रुहरूको जाँच गरिरहेको छ। र उनीहरूले नै अर्को विमानमा उनीहरू डब्लिनतर्फ उड्ने बारे निर्क्यौल गर्नेछन्। प्रहरीले अहिले विमानलाई एक्लो ठाउँमा लगेर जाँच गरिरहेको छ।

Loading…


प्रतिक्रिया दिनुहोस