ताजा समाचार

Loading…


साम्राज्ञी राज्यलक्ष्मी वकिलसहित उपस्थित, भुवन केसीले दिए यस्ताे चुनाैती

नेप्लिज संवाददाता३० असार २०७७, मंगलवार ०८:११ (3 हप्ता अघि)  १८८ जनाले पढ़िसके

काठमाडौं । अभिनेता भुवन केसीले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले एकपछि अर्को भिडियो सामाजिक सञ्जालमा प्रदर्शन गर्दै आफ्नो मानहानि गरेको बताउँदै आएका छन् ।

केसीले साम्राज्ञीविरुद्ध नेपाल चलचित्र कलाकार संघमा हालेको निवेदनका बारेमा अभिनेत्री साम्राज्ञीले आफ्नो जवाफ दिएकी छन् । अभिनेत्री साम्राज्ञीले कलाकार संघ आएर आफ्नो सफाइ दिएकी छिन् । आफूले सुरुमा कुनै पनि कलाकारको नाम नतोकी भिडियो सार्वजनिक गर्दा नायक भुवन केसीले आफ्नो बारेमा फेसबुकमा लेखेको, त्यसैले आफू बोल्न बाध्य भएको साम्राज्ञीले जवाफ दिएकी छिन् ।

आफ्ना एक वकिलसहित कलाकार संघ पुगेकी साम्राज्ञीले भुवनको निवेदनउपर लिखित नभएर मौखिक जवाफ दिएकी हुन् । आफूले कुनै पनि भिडियोमा भुवन केसीको नाम नलिएको र यो प्रसंगलाई अब आफूले अगाडि बढाउन नचाहेरै नयाँ भिडियो बनाउन बन्द गरेको पनि साम्राज्ञीले बताएकी छिन् ।

अभिनेत्री नम्रता श्रेष्ठको साथमा कलाकार संघको कार्यालय साम्राज्ञी पुगेकी थिइन । आफूलाई केही सिनेकर्मीले राम्रो व्यवहार नगरेको कारण यसरी भिडियोमा सिनेकर्मीविरुद्धको बोल्नुपरेको पनि साम्राज्ञीले बताएकी छन् ।

अभिनेता भुवन केसीले भने कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाहमार्फत मेरो मानहानि भएकाले उनले आफूलाइ लगाएकाे आरोप पुष्टि गरिदिन माग गरेका छन् । नेपाल चलचित्र कलाकार संघबाट यो समस्याको समाधान भएन भने मैले मानहानिविरुद्ध चाँडै अदालत जाने केसीले बताए । राजधानी दैनिकबाट ।

Loading…


प्रतिक्रिया दिनुहोस