ताजा समाचार

Loading…


१०४ वर्षकी यी महिला जसले अस्पताल भर्ना नै नभई कोरोनालाई जित्न सफल भईन्

नेप्लिज संवाददाता२९ असार २०७७, सोमबार ०७:५० (3 हप्ता अघि)  १०१ जनाले पढ़िसके

एजेन्सी । इंग्ल्याण्डको केन्टमा १ सय ४ वर्षकी महिलाले कोरोनालाई जित्न सफल भएकी छिन् । १ सय ४ वर्षकी ग्रेस ग्रीनवुडले अस्पलतालमा भर्ना नै नभई कोरोनालाई जित्न सफल भएकी हुन् ।

उनी गएको तीन हप्तादेखि आफ्नो ओच्छ्यानबाट उठ्न नसक्ने अवस्थामा थिइन् । श्वास फेर्नका लागिसमेत उनलाइ समस्या भएको थियो ।

ग्रेसले निक्कै मुश्किल समय बिताएको परिवारका सदस्यले बताएका छन् । परिवारका सदस्यका अनुसार, ग्रिसले जीवनको आधा हिस्सा रोगसँग गुजारिन्, त्यसैले उनलाई चुनौतीसँग लड्न हिम्मत मिल्यो, र आफ्नो बृद्ध उमेरका बाबजुत पनि अस्पताल जान परेन र कोरोनालाई जित्न सफल भइन् ।

अहिले कोरोना पोजेटिभ हुँदैमा आत्तिनु हुँदैन भन्ने लागेको उनी बताउँछिन् । ग्रेसको जन्म म्यान्मारमा भएको थियो । उनले केही वर्ष भारतमा काम गरेर इङ्ल्याण्ड गएकी थिइन् ।

Loading…


प्रतिक्रिया दिनुहोस