ताजा समाचार

Loading…


डाेनाल्ड ट्रम्पले पहिलो पटक सार्वजनिक रुपमा मास्क लगाए

नेप्लिज संवाददाता२८ असार २०७७, आईतवार ०८:१० (3 हप्ता अघि)  ७२ जनाले पढ़िसके

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः सार्वजनिक रुपमा मास्क लगाएका छन्। मास्क प्रयोगलाई अनिवार्य गर्ने विश्व स्वास्थ्य संगठनको निर्देशनलाई अटेर गर्दै आएका  उनले पहिलाे पटक मास्क लगाएका हुन् ।

कोरोना भाइरसको महामारी सुरु भएदेखि नै मास्कको विपक्षमा आफूलाई प्रस्तुत गर्दै आएका र अरुले देख्ने गरी मास्क नलगाउने बताएका ट्रम्पले औपचारिकतरूपमा सार्वजनिक कार्यक्रममा मास्क लगाएर प्रस्तुत भएका हुन् ।

वासिङ्गटनको बाहिरी क्षेत्रमा रहेको वाल्टर रीड मिलिटरी हस्पिटलमा भेट्रानहरुसँगको भेटका लागि जाने क्रममा ट्रम्पले मास्क लगाएका हुन् ।

‘मलाई लाग्छ मास्क लगाउनु राम्रो कुरा हो, म कहिले पनि मास्कको विपक्षमा थिइनँ तर यसको पनि समय र स्थान हुन्छ भन्नेमा चाहिँ विश्वास गर्छु,’ मास्क लगाएर ह्वाइट हाउसबाट बाहिरिने क्रममा ट्रम्पले भने ।

यसअघि ट्रम्पले आफूले मास्क नलगाउने बताएका थिए ।

Loading…


प्रतिक्रिया दिनुहोस