ताजा समाचार

Loading…


बलिउड अभिनेता अमिताभ बच्चनसँगै उनका छोरा अभिषेकलाई कोरोना पुष्टि

नेप्लिज संवाददाता२८ असार २०७७, आईतवार ०६:३७ (3 हप्ता अघि)  २३२ जनाले पढ़िसके

एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चनसँगै उनका छोरा तथा अभिनेता अभिषेकलाई पनि कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।

अभिषेकले आफ्नो आधिकारिक ट्विटरमार्फत् आफू र बुवा अमिताभलाई कोरोना सङ्क्रमण भएको जानकारी दिएका छन् । अमिताभले ट्वीटरमार्फत् गएको १० दिन भित्र आफ्नो सम्पर्कमा आउनेहरुलाई पनि कोरोनाको परीक्षण गराउन आग्रह गरेका छन्छ। बलिउडका धेरै कलाकार र प्रशंसकहरूले अमिताभ र अभिषेक दुवैको शीघ्र स्वास्थ्य लाभ कामना गरेका छन् ।


उनले सामाजिक संजाल ट्वीटरमा ट्विट गरेसँगं दुवैजनालाई अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
अभिषेकले दुवैजनालाई कोरोनाको सामान्य लक्ष्यण देखिएको ट्वीटरमार्फत् जानकारी दिएका छन् ।

&n

bsp;

अहिले उनीहरुका परिवारका अरु सदस्यकोसमेत कोरोना परीक्षण भइरहेको छ । परिवारका सदस्यको रिपोर्ट भने आउन बाँकी छ ।

अभिनेता अभिषेकले सबैलाई शान्त रहन र नआत्तिन आग्रह समेत गरेका छन् ।

Loading…


प्रतिक्रिया दिनुहोस