ताजा समाचार

Loading…


सिन्धुपाल्चोकमा एकाविहानै दुईजनाको मृत्यु

नेप्लिज संवाददाता२५ असार २०७७, बिहीबार ०६:५७ (1 महिना अघि)  १०० जनाले पढ़िसके

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी नदीमा आएको बाढीले बगाउदा दुई जनाको मृत्यु भएको छ । १८ जना बेपत्ता भएका छन् ।

बा-हबिसे नगरपालिका वडा नं ५ जम्बुमा गएको बाढीका कारण अरनिको राजमार्गमा क्षति पुगेको छ ।

अहिले भोटेकोशी गाउँपालिका र बा-हबिसे नगरपालिकाको सम्बन्ध बिच्छेद भएको छ । घाइतेहरुको उद्धारका लागि अहिले हेलिकोप्टर पुगेको छ । बाढीले मध्यभोटेकोशी जलविद्युत आयोजनामा पनि क्षति हुन पुगेको छ ।

Loading…


प्रतिक्रिया दिनुहोस