ताजा समाचार

Loading…


दैलेखमा अनौठो घटनाः बैठकमा बोल्दाबोल्दै मृत्यु

नेप्लिज संवाददाता२५ असार २०७७, बिहीबार ०६:२९ (1 महिना अघि)  १०३ जनाले पढ़िसके

दैलेख । दैलेखको भैरबी गाउँपालिका–३ मा रहेको जनसेवा प्रावि भुवाटाकुराका विद्यालय व्यवस्थापन समितिका सदस्य ६१ वर्षीय औंसे कामीको बैठकमा बोल्दै गर्दा ज्यान गएकाे छ ।

शिक्षकहरुको तलव, विद्यालयको शैक्षिक प्रशासन लगायत विषयमा छलफल भइरहेको उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायव उपरीक्षक हरिबहादुर ओलीले बताए ।

बोल्दैगर्दा देब्रे साइडमा ढलेपछि अस्पताल पु¥याउँदा मृत्यू भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनबहादुर बिकले बताए ।
जनसेवा प्रावि भुवाटाकुराका विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष समेत रहेका औंसे कामी गत वर्ष पुनर्गठन गर्दा सर्वसम्मतिले विद्यालय व्यवस्थापन समितिको सदस्य चयन भएका थिए ।

Loading…


प्रतिक्रिया दिनुहोस