ताजा समाचार

Loading…


८३ वर्षीया वृद्ध जब मृत घोषणा गरिएको १० घण्टापछि ब्युँझिए…

नेप्लिज संवाददाता३२ जेष्ठ २०७७, आईतवार ०६:०८ (3 हप्ता अघि)  २२८ जनाले पढ़िसके

एजेन्सी । संसारमा अनेकौँ आश्चर्य घटनाहरु हुने गरेका छन् । युक्रेनमा ८३ वर्षीया वृद्ध मृत घोषणा गरिएको १० घण्टापछि ब्युँझिएकी छन् ।
रिटायर्ड नर्स स्टिरजावका शहरका वाली जीनिया दिमुख एक हप्ताअघि कोमामा थिइन् । उनका परिवारले उपचारका लागि घरमा डाक्टर बोलाए । ती महिलाको अवस्था गम्भीर भएको कारण उनलाई अस्पताल लगिएमा समस्या बढ्न सक्ने डरले घरमै औषधी उपचारसहित आराम गर्न भनियो ।
उपचारकै क्रममा केही समयपछि जीनियाले शवास फेर्न छोडिन् । डाक्टरले जीनियाले संसार छोडिसकेको बताए । डाक्टरले संसार छाडेको बताएपछि परिवारले काज क्रिया सुरु गरे । उनको मृत्यु दर्ता समेत गर्न भ्याए । र परिवारले एक चिहान खनेर पास्टरलाई बोलाए ।
जीनियाको परिवारले उनलाई गाड्न सबै व्यवस्था गरिसकेका थिए । यसपछि उनकी छोरीले केही अनौठो महसुस गरिन् । जीनियाको निधार तातो थियो । उनी जिउँदै थिइन् । उनलाई अस्पताल पनि लगियो ।
३७ वर्षको चिकित्सा यात्रामा यो पहिलो घटना हो, जीनियाको उपचार गर्ने डा. भ्लादिमीर चेकोटारेभले भनेका छन् ।
जब जीनयालाई अस्पताल पुर्या‍इयो उनी स्टेज ३ कोमामा पुगेकी थिइन् । स्टेज ३ कोमामा भएका बिरामी एक जिउँदो लाश बनिदिन्छन् । एक हप्ता अस्पतालको बसाईपछि जीनिया कोमाबाट बाहिर आएकी छन् ।
निको भएपछि जीनियाले कोमाको बेलामा देखेका घटना विस्तारमा बताइन्, ‘मैले स्वर्ग देखेको थिएँ, त्यहाँ मैले मेरो बुवालाई बोलाए।’ मैले उनलाई सोधेँ स्वर्गमा बस्न सजिलो छ ? मैले उसलाई भेट्ने आशा गरें, तर जब मैले मेरो आँखा खोलें, मेरा वरिपरि सेतो लुगा लगाएका मानिस थिए । मलाई लाग्यो तिनीहरू स्वर्गदूतहरू हुन्, तर उनीहरू डाक्टरहरू थिए। भगवानको कृपाले मैले फेरि जीवन पाएँ।’ एजेन्सीहरुको सहयोगमा अन्नपूर्णपोष्टबाट

Loading…


प्रतिक्रिया दिनुहोस