ताजा समाचार

Loading…


यौन सम्पर्क गर्दा मास्क लगाउन स्वास्थ्यकर्मीको सुझाव

नेप्लिज संवाददाता३० जेष्ठ २०७७, शुक्रबार १४:३० (4 हप्ता अघि)  ३१८ जनाले पढ़िसके

एजेन्सी । कोरोना महामारीको अवधिमा यौन सम्पर्क गर्दा मास्क लगाउनुपर्ने भन्दै अमेरिकाको न्युयोर्कका स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन् ।
यसअघि सबैलाई सेक्स पार्टनरसँग सुरक्षित रहने न्युयोर्कका स्वास्थ्य अधिकारीहरुले बताएका थिए । पछिल्लो समय गाइडलाइन अपडेट गर्दै टाढा रहेका जोडीहरुलाई लामो समयपछि भेट्ने क्रममा मास्क लगाएर मात्रै यौन सम्पर्क गर्न उनीहरुले सुझाव दिएका हुन् ।
यौन सम्पर्कको अवधिमा कोरोना भाइरस सर्नसक्ने भन्दै सचेत गराउन यस्तो सुझाव दिइएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
यौन सम्पर्कको अवधिमा नाक, मुख छोप्नु वा मास्क लगाउनु उचित हुने भन्दै स्वास्थ्यकर्मीहरुले यौन सम्पर्क गर्दा अनुहार छोप्ने मास्क लगाउन भनेका हुन् ।
यौन सम्पर्कको अवधिमा लामो स्वास फेर्दा वा अंकमाल गर्दा कोरोना भाइरस सर्नसक्ने भन्दै न्युयोर्कका स्वास्थ्यकर्मीहरुले गाइडलाइन मार्फत सुझाव दिएका हुन् । यस्तै महामारीका बेला यौन सम्पर्कको बेला यौन सम्पर्कमा पनि सिर्जनात्मक हुन गाइडलाइनले सुझाव दिएको छ ।
गत महिना इंग्ल्याण्डमा रात काट्ने गरी बाहिर जानु र अरुसँग यौन सम्पर्क गर्न नपाइने भन्दै कानून नै लागु भएको थियो । यसअघि अमेरिकाको न्युयोर्क टाइम्सको एक रिपोर्ट अनुसार यौन सम्पर्कको क्रममा कोरोना भाइरस सर्दैन भनेको थियो । तर चुम्बन गर्दा सर्नसक्ने तथ्य पुष्टि भएको थियो ।

Loading…


प्रतिक्रिया दिनुहोस