ताजा समाचार

Loading…


सर्लाही सीमामा तनाव : भारतीयले सशस्त्र प्रहरीको हतियार खोस्यो, गाेली लागेर १ जना गम्भीर

नेप्लिज संवाददाता३० जेष्ठ २०७७, शुक्रबार १३:३५ (4 हप्ता अघि)  ९१९ जनाले पढ़िसके

सर्लाही । सर्लाही सिमाना अहिले तनावग्रस्त बनेको छ । भारतीय नगरिकले ड्युटीमा खटिएका एक प्रहरीको हतियारसमेत खोसेर लगेका छन् । त्यस क्रममा सशस्त्र प्रहरीले फायरिङ गरेको छ ।
सशस्त्र प्रहरीको फायरिङबाट दुई भारतीयलाई घुँडामुनि गोली लागेको छ भनने एकको अवस्था गम्भीर रहेको छ । सशस्त्र प्रहरीको हतियार खोस्ने भारतीयलाई प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको छ । उनलाई पनि गोली लागेको छ ।
चार जनाको समूहमा आएका भारतीय व्यापारी सामान लिएर जबर्जस्ती नेपाल छिर्न खोजेपछि सशस्त्र प्रहरीले रोकेको थियो । त्यसलगत्तै उनीहरु नजिकको भारतीय गाउँमा गएर नेपाली प्रहरीले आफूमाथि दुव्र्यवहार गरेको भन्दै सयौंको संख्यामा उनीहरु सीमामा आएका थिए ।
समूहमा आएका भारतीय नागरिकले सीमामा खटिएका प्रहरीसँग रहेको हतियार खोस्न थालेपछि एकछिन झडप समेत भएको थियो । त्यस क्रममा केही प्रहरी समेत घाइते भएका छन् । भीड तितरबितर नभएपछि र प्रहरीमाथि नै जाइलागेपछि प्रहरीले स्थिति नियन्त्रणमा ल्याउन गोली प्रहार गरेको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताएका कान्तिपुर डटकमले लेखेको छ

Loading…


प्रतिक्रिया दिनुहोस