ताजा समाचार

Loading…


अभिनेत्री बस्नेतलाई पनि कोरोना संक्रमण पुष्टि, फेसबुकमा लेखिन् यस्ताे स्टाटस

नेप्लिज संवाददाता३० जेष्ठ २०७७, शुक्रबार ०७:३८ (4 हप्ता अघि)  १०४१ जनाले पढ़िसके

काठमाडौं । अभिनेत्री निरिशा बस्नेतलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले आफू कोरोना संक्रमित भएको सामाजिक संजाल फेसबुकमार्फत बताएकी छन् । उनले भिडियो पोस्ट गर्दै आफू कोरोना संक्रमित भएको र अस्पतालमा उपचारको क्रममा रहेको जानकारी गराएकी हुन् ।

नेपाली चलचित्र ‘जानी नजानी’बाट नायिकाकी रूपमा अभिनय यात्रा थालेकी निरिशा अग्रज अभिनेता विश्व बस्नेतकी छोरी हुन् । उनी केही समयदेखि मुम्बईमा छिन् । मुम्बईमा काम गर्ने क्रममा आफू कोरोना संक्रमित भएको यी अभिनेत्रीले जनाएकी छन् ।

‘थाहै नपाई म पनि कोरोना संक्रमित भएछु । अहिले अस्पतालमा उपचार गराइरहेकी छु र अहिले आत्तिनुपर्ने अवस्था छैन,’ उनले सामाजिक सञ्जालमा भनेकी छन् ।

अभिनेत्री निरिशा पछिल्लो तीन वर्षदेखि मुम्बईमै सक्रिय छिन् । उनले चर्चित भारतीय टेलिशृंखला प्रेम नन्दिनीसहित थुप्रै टेलिसिरियलमा नायिका भएर काम गरिसकेकी छन् ।

Loading…


प्रतिक्रिया दिनुहोस