ताजा समाचार

Loading…


आजदेखि जोर बिजोर प्रणाली लागु, यी हुन् जान पाईने र नपाईने ठाउँहरु

नेप्लिज संवाददाता३० जेष्ठ २०७७, शुक्रबार ०६:५९ (4 हप्ता अघि)  ५३४ जनाले पढ़िसके

काठमाडौं । लकडाउनको नयाँ व्यवस्था अनुसार शुक्रबारदेखि उपत्यका भित्र र बाहिरका जिल्लामा चल्ने गाडीमा जोरबिजोर प्रणाली लागू हुने भएको छ।

शुक्रबारदेखि काठमाडौँ उपत्यका भित्र र अरु जिल्ला भित्र मात्रनिजी सवारी साधन चल्न दिने निर्णय अनुसार जोरबिजोर प्रणाली लागु हुने भएको हो ।

सरकारले गरेको निर्णय अनुसार उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरलाई एक जिल्ला मानी यो व्यवस्था लागू गरिने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

बाहिर एक जिल्लाबाट अर्को जिल्लामा भने जान पाइने छैन। निजीसवारी साधन मात्र चलाउँदा पनि चार पाङ्गे गाडीमा चालकसहित तीन जना र मोटरसाइकल, साइकल र स्कुटरमा चालक मात्र बस्न पाउने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालले बताए ।

जोर विजोर प्रणालीमा जोर गतेका दिन जोर नम्बर प्लेट भएको सवारी साधन र विजोर गतेका दिन विजोर नम्बर प्लेट भएको सवारी साधन मात्रै चल्नेछन। अत्यावश्यकबाहेक निजी सवारी साधन राति ९ देखि बिहान ५ बजेसम्म भने चलाउन पाइने छैन।

सरकारले निजी गाडी नम्बर प्लेटको आधारमा चलाउन दिने भनेपनि सार्वजनिक गाडी भने चल्न नदिने निर्णय गरेको छ।

Loading…


प्रतिक्रिया दिनुहोस