ताजा समाचार

Loading…


एकाविहानै दुःखद खबर ! अर्का कोरोना संक्रमितको पनि मृत्यु

नेप्लिज संवाददाता३० जेष्ठ २०७७, शुक्रबार ०६:३७ (4 हप्ता अघि)  ३४५५ जनाले पढ़िसके

अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिकाको क्वारेन्टाइनमा बसेर उपचारको लागि बुटबल गएर फर्कदै गर्दा बाटोमै मृत्यु भएका व्यक्तिको कोरोना रिपोर्ट पोजिटिभ आएको छ ।

आज बिहान स्वाब परीक्षण गर्दा पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले बताए । मालारानी गाउँपालिकाको क्वारेन्टाइनमा बसेर उपचारको लागि बुटबल गएर फर्कदै गर्दा बाटोमै मृत्यु भएको थियो।

मालारानी गाउँपालिका वडा नम्बर ४ ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयमा रहेको क्वारेन्टाइनमा बसेका ५७ वर्षका पुरुषको उपचार गरी फर्कर्दै गर्दा बाटोमै मृत्यु भएको र उनको स्वाब परीक्षणका लागि प्रादेशिक प्रयोगशाला भैरहवा पठाइएको थियो।

घाटीको शल्यक्रियासमेत गरेका उनलाई स्वासप्रश्वासमा समस्या आएपछि उपचारको लागि मंगलबार जिल्ला अस्पताल सन्धिखर्कमा सामान्य उपचारपछि उनलाई थप उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटबल रिफर गरिएको थियो।

लुम्बिनी प्रादेशिक अस्पतालमा बुधबार उपचार पछि घर फर्कदै गरेका उनको गोरुसिंगे सन्धिखर्क सडकको कोन्द्रे खोलामा मृत्यु भएको थियो।

Loading…


प्रतिक्रिया दिनुहोस