ताजा समाचार

Loading…


मिशन अस्पतालमा अर्का कोरोना संक्रमितको पनि मृत्यु (पछिल्लो अपडेटसहित)

नेप्लिज संवाददाता२२ जेष्ठ २०७७, बिहीबार १७:५७ (1 महिना अघि)  ५५५ जनाले पढ़िसके

पाल्पा । पाल्पाको मिशन अस्पतालमा २० गते मृत्यु भएका ४५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा ३३४ जना नयाँ कोरोनाका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बुधवार ३३४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

प्रवक्ता विकास देवकोटाका अनुसार बिहिवार मोरङका १, पर्साका १, झापाका ५, ताप्लेजुङका १, सुनसरीका १, सप्तरीका १३, बाराका १२, सिन्धुलीका १, रौतहटका १, म्याग्दीका १, बाग्लुङका १०, पर्वतका ४,स्याङ्जाका १, बाँकेका ४२, कपिलवस्तुका २९, दाङका १५, मुगुका १, दैलेखका ११३, खोटाङका ३, धनुषा ६, महोत्तरी ३, रौतहट ६४, सर्लाहीका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जसमा ३१९ जना पुरुष र १५ जना महिला छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ६३४ पुगेको छ । हालसम्म कोरोनाको संक्रमण ६१ जिल्लामा फैलिएको छ ।

Loading…


प्रतिक्रिया दिनुहोस