ताजा समाचार

Loading…


गफ गरेको निहुँमा पाँच जनाकाे गोली हानेर हत्या

नेप्लिज संवाददाता२२ जेष्ठ २०७७, बिहीबार ०७:५७ (1 महिना अघि)  ८७१ जनाले पढ़िसके

मस्को। रसियाको र्‍याजान क्षेत्रमा एक व्यक्तिले आफ्नो घरको झ्यालमुनि सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच जनाको गोली हानेर हत्या गरेका छन् ।

कोरोनाभाइरसका कारण स्थानीयबासीलाई आआफ्ना घरभित्र बस्न आदेश दिइए पनि ती पाँच व्यक्ति अर्कैको घरछेउ सडकमा बसेर हल्ला गरेका अनुसन्धानकर्ताले बताएका छन् ।

मृत्यु भएकाहरुमा चार जना पुरुष र एक महिला छन् । यो घटना शनिबार राति १० बजे भएको थियो ।

राजधानी मस्कोबाट दक्षिणपूर्व करिब २०० किलोमिटर टाढाको र्‍याजान क्षेत्रस्थित येलात्मा गाउँमा घटना भएको अधिकारीहरुको भनाइ छ ।
गोली चलाउने व्यक्ति एक थान राइफल सहित पक्राउ परेका छन् ।

Loading…


प्रतिक्रिया दिनुहोस