ताजा समाचार

Loading…


काठमाडौंका सबै पसल बिहान ११ बजेसम्म खोल्ने निर्णय (विज्ञप्तीसहित)

नेप्लिज संवाददाता२१ जेष्ठ २०७७, बुधबार २१:४४ (1 महिना अघि)  २०६ जनाले पढ़िसके

काठमाडौं  । साना उद्योगी तथा व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघको केन्द्रीय सचिवालय बैठकले बिहीबारदेखि विहान ११ बजेसम्म पसल तथा व्यवसाय खोल्न निर्णय गरेको छ ।

काठामाडौंका व्यवसायीहरुले बिहीबारदेखि विहान ११ बजेसम्म सबै पसल र व्यवसाय खोल्ने निर्णय गरेका हुन् ।

बिहीबारदेखि बिहान ११ बजेसम्म पसलहरु खुला गर्ने निर्णय भएको महासंघका महासचिव अञ्जन शाक्यले बताए । पसलहरु खुला भए पनि नेपाल सरकारले तोकेको कोरोना संक्रमण फैलन नदिन अपनाउनुपर्ने सुरक्षा सतर्कता भने अपनाइने अध्यक्ष शाक्यले बताए ।

लामो समयदेखि व्यवसाय बन्द हुँदा धेरै ठूलो समस्या परेका कारण पसल व्यवसाय खोल्न लागिएको महासंघले जनाएको छ ।

पसल व्यवसायहरु खुला गर्दा आफूहरुलाई राज्यबाट बन्द गर्न दबाव आयो वा बल प्रयोग भएको खण्डमा आफूहरुले राज्यलाई तिर्ने कर, घरभाडा, बैंकको ब्याजदर र कर्मचारीको तलवभत्ताको जिम्मा सरकारले नै लिनुपर्ने जवाफ दिने उनले बताए ।

Loading…


प्रतिक्रिया दिनुहोस