ताजा समाचार

Loading…


कोरोना संक्रमण चीनबाट नभई फ्रान्सबाट सुरु भएको खुलासा (रिपोर्टसहित)

नेप्लिज संवाददाता२१ जेष्ठ २०७७, बुधबार ०८:२७ (1 महिना अघि)  ३७२ जनाले पढ़िसके

एजेन्सी । फ्रान्सका वैज्ञानिक र चिकित्सकसहितको टोलीले युरोपमा पहिलो कोरोना भाइरसको संक्रमण जनवरी भन्दा दुई महिना पहिल्यै भएको एक अध्ययनले निष्कर्ष निकालेको छ ।

कोरोना भाईरसको संक्रमण चीनमा भन्दा पहिले फ्रान्समा देखा परेको अनुसन्धानकर्ताहरुले निष्कर्ष निकालेक हुन् ।

त्यो समयमा चिकित्सकले कोरोना भाइरस संक्रमितको लक्षणका बारेमा जानकारी नपाएकाले ढिलोगरी संक्रमित फेला परेको अनुसन्धानले जनाएको छ ।

युरोपको पहिलो कोरोना संक्रमित १६ नोभेम्बर सन् २०१९ मा फ्रान्सको कोलमार सहरमा भएको फ्रान्सका चिकित्सकले बताएका छन् ।

फ्रान्सको उत्तरपूर्वी क्षेत्रमा पर्ने यो सहरको एक अस्पतालमा नोभेम्बरदेखि डिसेम्बरसम्म फ्लूको लक्षण भएका २ हजार ५ सय जना व्यक्ति उपचारका लागि पुगेका थिए ।

कोलमारको अलबर्ट अस्पतालका डा। मिचेल स्मिथ र उनको टोलीको अध्ययनमा संलग्न वैज्ञानिक र चिकित्सकले चीनबाट कोरोना भाइरसको संक्रमण नभएको दावी गरेका छन् । उनीहरुले नोभेम्बरमै युरोपमा कोरोना भाइरसको संक्रमण फैलिइसकेको दावी गरेका छन् । यसअघि फ्रान्सले जनवरी २४ मा कोरोना भाइरसको संक्रमण भएको जनाएको थियो ।

अध्ययनले १६ नोभेम्बर सन् २०१९ मा फ्रान्समा कोरोना संक्रमण लिएर दुईजना बिरामी अस्पताल आएको बताए । सबै प्रकारको अध्ययनबाट फ्रान्समा नोभेम्बरमै कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि गरिएको छ ।

त्यो समयमा कोरोना भाइरसको बारेमा चिकित्सकले पहिचान र शंका पनि नगरेको अध्ययनको निष्कर्ष छ ।

Loading…


प्रतिक्रिया दिनुहोस