ताजा समाचार

Loading…


विभेद नेपालमा मात्रै होइन, अमेरिकामा पनि छ – गृहमन्त्री थापा

नेप्लिज संवाददाता२० जेष्ठ २०७७, मंगलवार १८:४७ (1 महिना अघि)  १५४ जनाले पढ़िसके

काठमाडाैं । गृहमन्त्री रामबहादुर थापा बादलले पश्चिम रुकुमको चौरजहारी नगरपालिका- ८ सोतीमा भएको घटनालाई अमेरिकामा भएको अश्वेत नागरिकको हत्यासँग तुलना गरेका छन् ।

अमेरिकाजस्तो लोकतन्त्र र विकासको उदाहरण भएको मुलुकमा पनि विभेद अन्त्य नभएको बताउँदै उनले नेपालमा जातीय विभेद अन्त्य गर्नका लागि अभियान चलाउनुपर्ने बताएका हुन् ।

प्रतिनिसभा अन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको मंगलबारकाे उनले बैठकमा उनले यस्ताे बताएका हुन् । रुकुममा भएको दलित युवाहरूको हत्याबारे बैठकमा छलफल भएको थियो । छलफलका क्रममा सांसदहरूले रुकुम घटना जातीय विभेदका कारण भएको बताउँदै सरकारले कानुन भए पनि त्यस्ता विभेद अन्त्य गर्न नसकेको बताएका थिए ।

सांसदहरूका प्रश्नकाे जवाफ दिने क्रममा गृहमन्त्रीले अमेरिकाले पनि जातीय र रंगभेद अन्त्य गर्न नसकेको बताएका हुन् । अश्वेत नागरिक जर्ज फ्लोयडको श्वेत प्रहरी अधिकारीले गरेको हत्या र त्यसपछि अमेरिकामा जारी प्रदर्शनप्रति लक्षित गर्दै गृहमन्त्रीले लोकतन्त्रको व्याख्याता मानिने अब्राहम लिंकन र विभेदका शीर्ष विरोधी मार्टिन लुथर किङको अमेरिकामा रंगभेद र जातीय विभेद अन्त्य हुन नसकेको बताए । उनले अमेरिकामा पछिल्लो समय प्रदर्शन भइरहेको बताउँदै नेपालमा भने जनता संयमित रहेकोमा सन्तोष व्यक्त गरे ।

गृहमन्त्री थापाले नेपालमा कानुनी रूपमा जातीय विभेद अन्त्य भए पनि व्यवहारमा त्यसो हुन नसकेको बताएका थिए ।
सरकार जातीय विभेदका घटनामा कमी ल्याउन सफल भएको गृहमन्त्रीको दाबी थियो ।

Loading…


प्रतिक्रिया दिनुहोस