ताजा समाचार

Loading…


भालेको आक्रमणले भाले जुधाउने व्यक्तिकाे मृत्यु

नेप्लिज संवाददाता१९ जेष्ठ २०७७, सोमबार १७:२५ (1 महिना अघि)  ९६७ जनाले पढ़िसके

एजेन्सी । भारतका विभिन्न स्थानमा भाले जुधाएर बाजी मार्ने चलन छ । कुखुराको भाले जुधाएर मनोरञ्जन लिने गरिन्छ। सरकारले भाले जुधाइलाई गैरकानुनी करार दिए पनि थुप्रै ठाउँमा भाले जुधाएर भीडले मज्जा लिने गरेको छ।

दक्षिण भारतको आन्ध्र प्रदेश राज्यस्थित प्रगादावरम गाउँका बासिन्दा सारिपाल्ली चानावेंकटेश्वरम, ५०, कुखुराको भाले बोकेर भाले जुधाइ खेलमा भाग लिन कतै गइरहेका थिए।

उनी नियमित भाले जुधाइ प्रतियोगितामा भाग लिने मान्छे थिए। अघिल्लो बुधबार उनी एउटा प्रतियोगितामा भाग लिन घरबाट हिँडेका थिए। बाटोमा उनको भालेले फुत्किन खोज्यो।

उनी र भालेबीच संघर्ष भयो। फुत्किने प्रयत्नमा छटपटाउँदा भालेले आफ्नो पञ्जाले सारिपाल्लीको घाँटीमा आक्रमण गर्‍यो। उसको पञ्जामा बाँधिएको ब्लेडले उनको घाँटीमा गहिरो चोट लाग्यो।

तीन बच्चाका बाबु सारिपाल्ली भालेको आक्रमणबाट रगतपच्छे भएका थिए। उनलाई अस्पताल पुर्‍याइयो। त्यहाँ उनको मृत्यु हृदयाघातबाट भयो।

भाले जुधाइ प्रतियोगितामा आफ्नो भालेलाई खुंखार बनाउन भालेधनीहरूले भालेको पञ्जामा ब्लेडजस्ता साना र धारिला हतियार बाँध्ने गर्छन्। सारिपाल्लीले पनि त्यसै गरेका थिए। जसको चर्को मूल्य उनले चुकाउनुपर्‍यो।

सन् १९६० देखि नै भारतमा भाले जुधाइ निषेध गरिएको छ। तर, विभिन्न स्थानमा भाले जुधाइका भयानक प्रतियोगिता हुन्छन्। यसमा हजारौँ रुपैयाँको बाजी लगाइने गरिन्छ।

पिपुल फर एनिमल्स फाउन्डेसनका संरक्षक गौरी मौलेखी भाले जुधाइ प्रतियोगिताका कारण धेरै समस्या आएको बताउँछन्। यो सामग्री अन्तर्राष्ट्रिय संचारमाध्यमको सहयोगमा अन्नपूर्णपोष्टले तयार पारेको हो ।

Loading…


प्रतिक्रिया दिनुहोस