ताजा समाचार

Loading…


आज थप २२६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७९८ पुग्यो

नेप्लिज संवाददाता१९ जेष्ठ २०७७, सोमबार १६:४४ (1 महिना अघि)  २१५ जनाले पढ़िसके

काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा २२६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या एक हजार सात सय ९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
थप २२६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका हुन् ।
प्रवक्ता डा. विकास देवकोटाका अनुसार साेमवार मात्रै कपिलवस्तुका ४०, सर्लाहीका ३८, दैलेखका ४१, जुम्लाका १९,  झापाका २, नवलपरासीका ३, सल्यानका १०, सुर्खेतका ५,  रौतहटका १८, बाँकेका ७, दाङका ९, धनुषाका ७, महोत्तरीका २, मकवानपुरका १, सिरहाका ५, उदयपुरका १, अछामका १, कैलालीका १४, बैतडीका १, डोटीका १, कञ्चनपुरका १ जनामा कोरोना पुष्टि भएको हो ।
जसमा २ सय १३ जना पुरुष र १३ जना महिला रहेका छन् । यसँगै नेपालमा कोरोना संक्रमितको संख्या कुल १७९८ पुगेको छ ।

Loading…


प्रतिक्रिया दिनुहोस