ताजा समाचार

Loading…


‘पोर्न’ व्यापार : जहाँ कोरोना सर्ने डरले मास्क र गाउन लगाएरै यौनसम्पर्क गराईन्छ !

नेप्लिज संवाददाता१९ जेष्ठ २०७७, सोमबार ०९:२४ (1 महिना अघि)  ५६८ जनाले पढ़िसके

लण्डन । कारोना भाइरसको महामारीबाट बच्न विश्वका अधिकांश सरकारले लकडाउन घोषणा गरेका छन् ।

कोरोना भाइरसको संक्रमणले विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको बेला ‘पोर्न साइट’हरुले भने कमाउने धन्धा बनाएका छन् ।

पछिल्लो समय थुप्रै पोर्न साइटहरुले ‘मास्क’ र भाइरलबाट जोगिने गाउन, अर्थात् ‘सूट’ पहिरिएर यौन सम्पर्क गरिराखेका भिडिओ पोस्ट गरेका छन् ।

‘डिसर्टेड वुहान’, ‘टीएसए एजेन्ट डिटेन्स वुमन सस्पेक्टेड अफ कोरोना भाइरस’ जस्ता टाइटलका भिडिओ पोर्न साइटहरुले पोस्ट गरेको डेलीमेलले जनाएको छ ।

साथै पिपीइ अर्थात् विशेष खालको सूट, फेस मास्क तथा हस्पिटल गाउन जस्ता पहिरनमा यौन सम्पर्क गरिराखेका भिडिओ ती साइटले उत्पादन गरेका हुन् ।

चीनबाट सुरु भएको कोरोना भाइरसबाट ९५ हजार मानिस संक्रमित भइसकेका छन् । ८० भन्दा धेरै देशमा फैलिएको यो भाइरलका कारण ३ हजार २ सयजनाको मृत्यु भइसकेको छ ।

आम मानिसहरु जसरी ‘हरर मुभी’सँग नजिकिन्छन् त्यसै गरी कोरोना भाइरसको विषयसँग आकर्षित भएको पोर्न मुभी निर्मार्ताहरुको तर्क छ ।

Loading…


प्रतिक्रिया दिनुहोस