ताजा समाचार

Loading…


आफ्नै आमाकाे हत्या गरी ३१ वर्षीय जीवन लिम्बूले गरे आत्महत्या

नेप्लिज संवाददाता१५ जेष्ठ २०७७, बिहीबार १४:१० (2 महिना अघि)  २९४ जनाले पढ़िसके

विराटनगर । मोरङको बेलबारी नगरपालिका ४ काकुम बुधबारेमा बिहीबार बिहान आमा र छोरा दुबैजना मृत्यु भएको अवस्थामा फेला परेको छ ।
आमा ६१ वर्षीय देवीकुमारी लिम्बूको हत्या गरेर छोरा ३१ वर्षीय काले भनिने जीवन लिम्बूले आत्महत्या गरेको हुन सक्ने इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले बताएका छन् ।
उनकाअनुसार टाउकोमा चोट रहेको र भुइँमा रगत लतपतिएको अवस्थामा बिहान ११स्३० बजेतिर देवीकुमारीको शव आफ्नै घर भित्र भेटिएको थियो ।
घटनास्थलमा रगत लागेको एउटा इँटा पनि भेटिएको छ ।
चुल्होमा प्रयोग गरेको इँटाले हानेर आमाको हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । बावुको मृत्यु भइसकेकाले घरमा आमा छोरा मात्रै बस्दै आएका थिए ।
उनीहरुबीचमा के विषयमा विवाद भएर घटना हुन पुगेको हो भन्ने बारेमा तत्काल खुल्न नसकेको प्रहरीको भनाइ छ । आमाको हत्यापछि जीवनले पनि आफ्नै घाँटीमा चक्‍कुले रेटेर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको ढकालले बताए ।
चक्‍कुले काटेर घाँटीको अगाडिको भागमा गहिरो चोट लागेर घाइते भएको अवस्थामा जीवनलाई प्रहरीले घरमै भेटेको थियो । गम्भीर अवस्थामा भेटिएका उनको उपचारका क्रममा बेलबारीकै नोबेल सामुदायिक अस्पतालमा १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

Loading…


प्रतिक्रिया दिनुहोस