ताजा समाचार

Loading…


‘लकडाउन’ का कारण ३० हजार विवाह स्थगित

नेप्लिज संवाददाता१४ जेष्ठ २०७७, बुधबार २१:१८ (1 महिना अघि)  १४७ जनाले पढ़िसके

काठमाण्डौ । विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरस (काेभिड–१९) काे कारण भारतको गुजरात राज्यमा मात्रै कम्तीमा तीस हजार विवाह स्थगित गरिएका छन् ।

कोरोनाको सङ्क्रमण फैलिन लागेपछि सरकारले देशव्यापी लकडाउन घोषणा गरेकाले उनीहरुको विवाह स्थगित भएको हो । पछिल्लो दुई महिनामा मात्रै यति धेरै वैवाहिक कार्यक्रम स्थगित भएको वैवाहिक कारोबार गराउने संस्थाहरुले जनाएका छन् ।

‘गुजरात प्रदेशभरिमा मात्रै पछिल्लो दुई महिनामा मात्रै कम्तीमा तीस हजार विवाह स्थगित भएका छन्,’ होटल तथा रेस्टुरेन्ट एसाेसिएशन गुजरातका प्रवक्ताले भने ।

प्रवक्ता अभिजित देशमुखका अनुसार मार्च र अप्रिल नै विवाहका धेरै कार्यक्रम हुने महिना भए पनि धेरै विवाह स्थगित भएका छन् । तर कतिपय युवा युवतीले भने सरकारको मापदण्डलाई पालना गर्दै यस अवधिमा पनि विवाह गरेका छन् ।

सरकारले ५० जना मात्रै मानिस सहभागी गराएमा र आधारभूत स्वास्थ्य सतर्कताहरु अपनाएमा मात्रै वैवाहिक कार्यक्रम गर्न दिने व्यवस्था गरेको छ । सरकारले यही १८ मे देखि लकडाउनलाई केही खुकुलो बनाएको भए पनि वैवाहिक कार्यक्रमका लागि भने गाह्रो नै रहेको व्यवसायीहरुको भनाइ छ ।

‘मानिसहरुले अहिले धमाधम वैवाहिक कार्यक्रम स्थगित गर्दै अर्को लगनको समयको प्रतिक्षा गरेका छन्, अब डिसेम्बर र जनवरीमा मात्रै विवाह हुन सक्ने देखिएको छ,’ एक व्यवसायीले भने ।

सरकारले लागू गरेको मापदण्ड पूरा गरेर मात्रै विवाह गर्न निकै कम जोडीले मात्रै गरेका छन् । अति बाध्यात्मक अवस्थामा रहेका बाहेक अधिकांशले प्रतिक्षा नै गरेको पाइएको छ ।

आफ्नो विवाहको फोटो र भिडियोमा मुखमा मास्क लगाएको, हातमा पञ्जा लगाएको र आफन्तहरुको न्यून सहभागिता भएको कसले चाहन्छ र ? त्यसैले अत्यावश्यक बाध्यता परेका बाहेक अन्यले प्रतिक्षा गरेको हुनसक्ने वैवाहिक कार्यक्रम गराउने व्यवसायीहरुको भनाइ छ ।

Loading…


प्रतिक्रिया दिनुहोस