ताजा समाचार

Loading…


अभिनेत्री आँचल शर्माको अश्लील भिडियोः यस्तो छ वास्तविकता

नेप्लिज संवाददाता१४ जेष्ठ २०७७, बुधबार १८:२० (1 महिना अघि)  १४०० जनाले पढ़िसके

काठमाडौँ । अभिनेत्री आँचल शर्मालाइ उनकाे टाउको जोडेर बनाइएको अश्लिल भिडियो एक फेसबुक साथीले मेसेन्जरमा लिंक पठाइन् । नक्कली भिडियो हेरेर आँचल सुरुमा अचम्म मानिन् ।
भिडियोबारे थाहा पाउनसाथ सोमबार सामाजिक सञ्जाल फेसबुकमा उनले पोस्ट पनि गरेकी थिइन् –
‘आफ्नो देशको बारे बोल्दा राष्ट्रिय एकताको विषयमा अडिग भएर एउटै आवाज निकाल्दा हामी नेपालीले यस्तो सहनुपर्ने रु’ उनले लेखेकी थिइन्, ‘जसले त्यस्ता प्रकारका अश्लिल भिडियो बनाएर हाम्रो चरित्र हत्या गर्ने र मानसिक तनाव दिने कार्य गरेका छन्, तीनीहरुको विरुद्धमा एक भएर अघि बढ्न जरुरी छ । यतिबेला तपाई साथीभाइको अनि शुभचिन्तकको साथको जरुरी छ मलाई ।’
उनको पोस्टले फिल्म क्षेत्रमा यस विषयबारे चर्चा भयो । धेरै अभिनेत्रीहरुले यसको विरुद्धमा आवाज उठाए । हुन त पति उदिप श्रेष्ठले विदेशका सेलिब्रेटीको पनि यस्ता भिडियो बनिरहने कुरा बताएपछि उनलाई आफूमात्रै पीडित होइन भन्ने लागेको थियो ।
तर, त्यतिकैमा अन्य अभिनेत्रीहरुका त्यस्तै भिडियो सार्वजनिक हुन थालेपछि भने उनलाई कानुनी बाटो अपनाउनुपर्ने लाग्यो ।
मंगलबार कलाकार संघका अक्ष्यक्ष रवीन्द्र खड्काले उनलाई फोन सम्पर्क गरेर नआत्तिन ढाडस दिए । त्यसपछि कलाकार संघले महानगरीय अपराध अनुसन्धान महाशाखामा यसविरुद्ध उजुरी दिएको छ ।
प्रविधिको दुरुपयोग गरेर चलचित्रसँग सम्बन्धित कलाकारको चरित्र हत्या गर्ने प्रयास भइरहेको र यसबारे आवश्यक अनुसन्धान गरी यस्ता गतिविधि रोक्न र पीडितलाई न्याय दिन मागसहित उजुरी दिएको खड्काले बताएका कान्तिपुर दैनिकले खबर लेखेको छ ।
आँचल संघकी कार्यसमिती सदस्य पनि हुन् ।
अनुसन्धान सुरु भइसकेका जनाएको  महाशाखाका एसपी होविन्द्र बोगटीले बताएका छन् ।

Loading…


प्रतिक्रिया दिनुहोस