ताजा समाचार

Loading…


बर्षा राउतको स्तरहिन अभिव्यक्ति – सीमाबारे नेपालले भारतसँग टक्कर गर्दा म अप्ठ्याराेमा परेँ

नेप्लिज संवाददाता११ जेष्ठ २०७७, आईतवार १०:३५ (1 महिना अघि)  ५०५ जनाले पढ़िसके

काठमाडौं, ११ जेठ । नेपाली नायिका बर्षा राउतको एक विवादित अभिव्यक्ति निक्कै भाइरल बनिरहेको छ । उनले कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयमा भारतसंग नेपालले टक्कर लिदाँ आफुलाई अप्ठायारो परेको प्रतिक्रिया दिएकी छिन् ।
एक भिडियो जारी गर्दै उनले यस्तो प्रतिक्रया दिएपछि सामाजिक सञ्जालमा चर्को आलोचना भैरहेको छ ।
आफ्नो शक्तिका भरमा नेपाली भूमिबाट सडक बनाई लिपुलेकतर्फ जाने बाटोको औपचारिक उद्घाटन गरेपछि त यो विषयले सम्पूर्ण नेपाली जनतालाई आक्रोशित बनाइरहेको छ ।
तर उक्त भिडयो क्लिकमा उनले दुबै देशतर्फको मिडियाको कारण समस्या उत्पन्न भएको तर्फ संकेत गर्दै भनेकि छिन , ‘देशको माया लाग्छ भन्दैमा यो हाम्रै हो तिमीहरुले किन यस्तो गरेको भनेर झगडा गर्ने कुरा होइन । यो त टेबल टक गरेर यताको सरकार र उताको सरकार मिलेर गर्ने कुरा हो । यहाँ त दुवैतर्फका पत्रकारहरु मिलेर झगडा पारिरहेका छन् ।’ ‘मेरो इन्डियन साथीहरुसँग मैले कसरी फेस गर्ने र मेरो इन्डियन साथीहरुले मसित कसरी फेस गर्ने भइरहेको छ ।’
उनले नेपाल भारतका पत्रकारले भूमीको विषयलाई लिएर पचारप्रशार गर्दा समस्या भएको बताएकी छिन् । भूमिको समस्या दुइ देशको राजनीतिको विषय भएकाले नेपाल र भारत सरकारले समाधान गर्नु पर्ने तर यसरी झगडा गर्न नहुने बताएकी छिन् ।
वर्षाले दुइ देशका पत्रकारहरुले भूमीको विषयलाइ लिएर गरिएको बहसले आफूलाई समस्या भएको समेत भिडियोमा स्पष्ट देख्न सकिन्छ ।

Loading…


प्रतिक्रिया दिनुहोस