ताजा समाचार

Loading…


डोनाल्ड ट्रम्प फेरि चर्चामा : काेराेनालाई जित्न प्रार्थना जरुरी रहेको भन्दै धेरै चर्च खोल्ने घोषणा

नेप्लिज संवाददाता१० जेष्ठ २०७७, शनिबार ०८:३० (1 महिना अघि)  ३१५ जनाले पढ़िसके

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो समय अमेरिकालाई प्रार्थना जरुरी रहेको भन्दै चर्चहरु खोल्नुपर्ने बताएका छन् ।

ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले चर्चहरु बन्द गर्नुको सट्टा तुरुन्त खोल्नुपर्ने जरुरी रहेको तर्क गरेका हुन् ।
अमेरिकामा धेरै प्रार्थना आवश्यक भएको भन्दै उनले धेरै नै चर्चहरु खोल्नुपर्ने बताएका हुन् ।

शुरुमा लकडाउनको विरोधमा रहेका ट्रम्प मानवीय क्षतिले रेकर्ड बनाउन थालेपछि लकडाउनका लागि तयार भएका थिए । त्यति नै बेला कोरोना संक्रमणको महामारीसँगै चर्चहरुमा भेला हुन बन्द गरिएको थियो ।

चर्चमा धार्मिक सेवा बहाल नगरेमा राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूसँग भएको अधिकार प्रयोग गर्दै आफ्नो कुरामा गभर्नरलाई सहमत गराउन सक्छन् ।

उदाहरणका लागि उनले प्रान्तलाई प्राप्त हुने सहायता कटौती गर्ने लगायतका धम्की दिएर गभर्नरलाई सहमत गराउन सक्छन् ।

यद्यपि, अहिलेसम्म ट्रम्पले धम्कीको हतियार प्रयोग गरिसकेका छैनन् ।

Loading…


प्रतिक्रिया दिनुहोस