ताजा समाचार

Loading…


अन्ततः डोनाल्ड ट्रम्पले मास्क लगाए, पत्रकारको अगाडी भने लुकाए

नेप्लिज संवाददाता९ जेष्ठ २०७७, शुक्रबार ०७:२५ (1 महिना अघि)  १८० जनाले पढ़िसके

एजेन्सी । अन्ततः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मास्क लगाएका छन् । बिहीबार फोर्ड मोटर कम्पनीको मिशिगनस्थित प्लान्टको भ्रमणको क्रममा उनले केहीबेर मास्क लगाएका अमेरिकाका संचारमाध्यमले जनाएका छन् ।

मिशिगनको रसनभिलमा रहेको फोर्डको प्लान्टमा ट्रम्प आफ्नो टोलीसँग निरीक्षण भ्रमणमा गएका समयमा उनले केही समय मास्क लगाएका थिए ।

उनले पत्रकारहरुको नजरबाट भने मास्क लगाएको अवस्थामा आफूलाई नदेखाएका अन्तर्राष्ट्रिय संचारा माध्यमले जनाएका छन् ।

उनले लगातार मास्क लगाउन अस्वीकार गर्दै आएका थिए । अझै पनि उनी मास्कको विपक्षमा देखिएको छन् ।

तर बिहीबार ट्रम्पले बाध्य भएर केहीबेर मास्क लगाएको अमेरिकी सञ्चारमाध्यमले जनाएको छन् । फोर्डले आफ्ना प्लान्टहरुमा जानका लागि मास्क अनिवार्य रुपमा लगाउनु पर्ने नियम लागु गरेको छ । यस्तै मिशिगनमा राज्यले पनि सार्वजनिक स्थानमा मास्क लगाउनु पर्ने भनेको छ ।

फोर्ड कम्पनीले वक्तव्य जारी गरेर कम्पनीका अध्यक्ष बिल फोर्डले राष्ट्रपति ट्रम्पलाई भ्रमणमा आउँदा मास्क लगाउनका लागि प्रोत्साहित गरेको संचारमाध्यमहरुले जनाएका छन् ।

यो पनि पढ्नुहोस


अमेरिकामा गत हप्ता थप २४ लाख ३० हजार वेरोजगार
अमेरिकामा गत हप्ता थप २४ लाख ३० हजार श्रमिकले वेरोजगार बनेको भन्दै आवेदन दर्ता भएका सरकारी अधिकारीले बताएका छन् ।

अमेरिकामा कोभिड–१९ को सङ्क्रमणको प्रभाव देखिएसँगै वेरोजगार दरमा निकै धेरै वृद्धि भएको बताइएको छ । सरकारी तथ्याङ्क अनुसार मार्च महिनाको मध्यदेखि गत हप्तासम्ममा वेरोजगार हुनेको सङ्ख्या तीन करोड ८६ व्यक्ति वेरोजगार बनेका छन् ।

श्रम विभागको तथ्याङ्क अनुसार मे १६ सम्ममा वेरोजगार भत्ताका लागि नयाँ दावी सहितका आवेदनको सङ्ख्यामा अघिल्ला केही हप्ताको तुलनामा केही घटेको छ । इद्यपि अझै पनि बेरोजगार भत्ताका लागि परेका निवेदनमा उल्लेख्य कमी भने आउन सकेको छैन ।

बेरोजगार दरमा पछिल्ला केही वर्ष यताकै उच्च समस्या देखिएको छ ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण धेरै राज्यहरूमा नियमित रूपमा औद्योगिक, व्यवसायिक गतिविधिमा स्वतः कमी आउँदा वेरोजगार दरमा उच्च वृद्धि देखिएको विभागले बताएको छ ।

Loading…


प्रतिक्रिया दिनुहोस